पिस प्वाइन्टको विजयी सुरुआत


आयोजक पिस प्वाइन्ट बोर्डिङ स्कुलले दोश्रो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार विजयी सुरुआत गरेको छ । सानोगौचरणमा भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन पिस प्वाइन्टले भेनस पब्लिक स्कुललाई ३–१ गोलले पराजित ग¥यो । पिस प्वाइन्टका अनिल चौलागाईंले २ तथा टेकिन लिम्बूले १ गोल गरे ।
खेल पोशाक विक्रेता कम्पनी ३६१ डिग्रीको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको ब्वाइजमै काठमाडौं विनायक शिक्षालय र एक्मीले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
शिक्षालयले नेपाल मेगा स्कुललाई एकपक्षीय खेलमा १०–० को भारी गोलअन्तरले हरायो । विजेताका इगन राई एक्लैले ४ गोल गरे भने विवेक तामाङ, निरज गिरी, अमित लामा, सन्देश गुरुङ, प्रमोद राई र अमिन श्रेष्ठले १–१ गोल थपे । एक्मीले ग्लेसियरलाई टाइब्रेकरमा पाखा लगायो ।
प्रतियोगिताको प्याब्सन केन्द्रीय अध्यक्ष विजय सम्बाहाम्फेले एक कार्यक्रमबीच उद्घाटन गरे । भदौ १५ गतेसम्म चल्ने नकआउट प्रतियोगिताको ब्वाइजमा ३० र गल्र्स ८ टिम सहभागी छन् । गल्र्सको विधा यसै संस्करणदेखि सुरु गरिएको हो ।

Comment