निम्स र पुष्पसदनलाई रेडिअन्ट कप
डिफेन्डिङ च्याम्पियन निम्स र पुष्पसदनले पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । निम्सले सिनियर ब्वाइजमा उपाधि रक्षा ग¥यो भने पुष्पसदन जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । सिनियर ब्वाइजको फाइनलमा निम्सले विल्सन एकेडेमीलाई ६२–४८ ले पराजित ग¥यो । निम्सको जितमा विशाल बुढाथोकीले उत्कृष्ट प्रदर्शन गर्दै २७ अंक जोडे ।
पहिलो र दोश्रो क्वाटरमा क्रमशः १८–४ र १६–१४ को अग्रता बनाउदै निम्सले जितको आधार खडा गरेको थियो । तेश्रो र चौथो दुवैमा समान १५–१४ को अग्रता लिएपनि विल्सनले जित हात पार्न सकेन ।
जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक र रोमाञ्जक फाइनलमा पुष्पसदनले ग्रिनफिल्डलाई ३४–३१ को साँघुरो अन्तरले हरायो । पुष्पसदनको जितमा रोजिन महर्जनले सानदार प्रदर्शन गर्दै २३ अंक योगदान गरे । निर्धारित समयको खेल २३–२३ को बराबरीमा सकिएको थियो । पहिलोपटक थप गरिएको अत्तिरिक्त समयमा दुवैको समान ३–३ स्कोर गरे । दोश्रो पटक थपिएको समय पनि दुवैले ३–३ को बराबरी खेले । तेश्रो पटक थप गरिएको समय पुष्पसदनले ग्रिनफिल्ड विरुद्ध ५–२ को अग्रता बनाउदै उपाधि सुनिश्चित ग¥यो ।
सिनियर ब्वाइजमा निम्सका सञ्जय नेपाली तथा जुनियर ब्वाइजमा पुष्पसदनका रोजिन महर्जन ‘मोस्ट भेलुबएल प्लेयर’ चुनिए । सिनियर ब्वाइजमा मन्दला इन्टरनेसनल स्कुल र जुनियर ब्वाइजमा साइन मोडेलले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई नागार्जुन नगरपालिकाकी उप मेयर सुशीला अधिकारी, आयोजक रेडिअन्टका अध्यक्ष लक्ष्मणसिंह कुँवर, रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा रेडिअन्टका बास्केटबल प्रशिक्षक आशिष महर्जन र ईसीए इन्चार्ज दिलिप कार्कीलाई सम्मान गरिएको थियो । साउन ३२ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा १७ र जुनियर ब्वाइजमा १३ गरी ३० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।