ज्ञान निकेतन क्वाटरफाइनलमा

ज्ञान निकेतन दोश्रो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । सानो गौचरणमा भएको खेलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ५–२ गोलले पराजित ग¥यो । विजयी टिमका लागि जेनिश तण्डुकारले ह्याट्रिक गरे । कपिल कुँवर र विश्व महर्जनले बाँकी १–१ गोल थपे । कन्स्टिलेसनबाट दुवै गोल अमन राईलेबाट सम्भव भयो ।
नयाँ बानेश्वरस्थित पिस प्वाइन्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमै ग्लोबल पब्लिक, सौर्य र काठमाडौं जेभियर पनि क्वाटरफाइनलमा पुग्न सफल भए ।
ग्लोबलले बेबिलनलाई ३–२ ले हरायो । ग्लोबलका फिराज बरालले २ तथा दर्पण खड्काले १ गोल गरे । बेबिलनका रोशन श्रेष्ठले दुवै गोल फर्काए । सौर्यले विच किड इन्टरनेसनलको चुनौती २–० ले समाप्त पा¥यो । सौर्यको जितमा कुशल श्रेष्ठ र जगेश पौडेलले १–१ गोल योगदान दिए । काठमाडौं जेभियरले सताप्दीमाथि ३–१ को जित दर्ता ग¥यो । काठमाडौं जेभियरका लागि प्रदर्श भट्टराईले २ तथा आकाश चौधरीले १ गोल गरे । सताप्दीका अभिषेक भण्डारीले सान्त्वना गोल गरे ।

Comment