मेयर कप फुटसल सुरु

Manoj Shiama
27 August, 2017 12:29 pm


युवा संघ नेपाल २५ र २७ नं. वडाको संयुक्त आयोजनामा मेयर कप फुटसल शनिबारदेखि चमतीस्थित नेपा फुटसलमा सुरु भएको छ । पहिलो दिन समूह चरणका ६ खेल सम्पन्न भए । वडा नं. ४ ले १५ लाई ६–२, वडा नं. २६ ले २५ लाई ७–१, वडा नं. ८ ले १४ लाई ३–१, वडा नं. २ ले २१ लाई ५–२ तथा वडा नं. १३ ले १८ लाई ६–० गोलले पराजित गरे । वडा नं. १७ र ५ बीचको खेल २–२ को बराबरीमा सकियो ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । साताव्यापी प्रतियोगितामा १६ पुरुष टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई समान ७–७ हजार मुल्य बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।