नेपालमा सहयोगका लागि डब्लुटिएफ र अम होङ गील सम्झौता
नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)र अम होङ गील फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरियास्थित सिओलस्थित विश्व तेक्वान्दो महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजुदूत अर्जुनजंग बहादुर शिंहलगायतको उपस्थिती रहेको थियो । सम्झौता अनुरुप नेपाल तेक्वान्दो संघको व्यवस्थापन र सहकार्यमा अम होङ गील फाउन्डेसनले नेपालमा विद्यालय निर्माणका साथै भत्कीएका विद्यालयलाई पुर्ननिर्माण गर्नेछ ।
उक्त फाउन्डेसनले आफूले निर्माण र पुर्ननिर्माण गरेको विद्यालयमा तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो प्रशिक्षकसहितको तेक्वान्दो खेल सञ्चालनको कार्यक्रम अगाडि बढाउनेछ । फाउन्डेसनको स्थापना विश्व प्रसिद्ध पर्वतारोही अम होङ गीलको नाममा सन् २००८ मा भएको थियो । अम होङ गीलले विश्वका ८ हजार मिटरभन्दामाथिको १६ हिमालको आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही फाउन्डेसनले नेपालका विकेट स्थानमा १२ विद्यालय निर्माण गरिसकेको छ । अब थप २ विद्यालय निर्माण गर्न लागेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणाले बताए । सम्झौताको कार्यक्रममा राजदुत शिंहले नेपालका विकेट बिद्यालयमा तेक्वान्दो खेल सञ्चालन गर्न आफ्नो पक्षबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
उनले भने, ‘फाउन्डेशनसँग मिलेर नेपालका विकट जिल्लाका बिद््यार्थीलाइ तेक्वान्दो तालिमका साथै एउटा भविष्यको आशा दिने यात्रामा सहभागी हुँदा खुसि छु । उनीहरुले नै एकदिन ओलिम्पक र विश्व तेक्वान्दो प्रतियोगितामा मेडल जित्न सकोस् मेरो शुभकामना छ ।’ फाउन्डेशनका म्यानेजरले डब्लुटिएफसँग मिलेर नेपालका विकट जिल्लाका बिद्यार्थीलाइ तेक्वान्दो शिक्षा दिन सकेकोमा निक्कै गर्व लागेको बताए । डब्लुटिएफले यसअघि पनि नेपालको अनाथ बालबालिकाका लागि केयर्स नेपाल भन्ने कार्यक्रममा माफर्त तेक्वान्दो खेल सुरु गरेको छ । जुन नेपालका ८ असाहय बालबालिका संरक्षित संस्थामा तेक्वान्दो खेल सुरु गरिसकेको छ । ती बालबालिकालाई निशुल्क प्रशिक्षण र खेल सामाग्री समेत प्रदान गरिसकेको छ ।
सोही कार्यक्रम अन्तर्गत १३ बर्षीय सबिन कार्की र १८ बर्षीय सपना नेपालीले गत २४ देखि ३० जुनसम्म कोरियाको मुजुमा भएको बिश्व तेक्वान्दो प्रतियोगितामा सहभागीता जनाएका थिए । सबिनाले महाभूकम्पमा आफ्नो अभिभावक गुमाएकी थिइन् । सबिनाले आगामी टोकियो ओलम्पिकमा नेपालको तर्फबाट भाग लिने सपना बोकेका छिन् । सानै उमेरमा आफ्ना अभिभावक गुमाएका सपना नेपालीले तेक्वान्दोमार्फत आफ्नो भविष्य निर्माण गर्ने बताए । उनीले भनिन् ,‘७ वर्षछदा बुबाआमाले छोडेर जानु भयो । तर, म उहाँहरुले देख्नु भएको सपना तेक्वान्दो मार्पmत पूरा गर्नेछु ।’