कोइरालाको नेतृत्वमा माओवादीको खेलकुद संगठन
शिब कोइराला(ज्वाला)लाई अध्यक्षमा चयन गर्दै अखिल नेपाल खेलकुद महासंघको प्रथम राष्ट्रिय सम्मेलन शनीबार सम्पन्न भयो । नेकपा माओबादी केन्द्रको जनगर्बीय संगठनको रुपमा रहेको महासंघको उपाध्यक्षमा कुसुम श्रेष्ठ,प्रकास पुन साइमन र जनक बड्तौला, लागयत १७ जना रहेका छन् । उपाध्यक्षमा आइटीएफ तेक्वान्दोका अन्जन धमला, करातेका साफ स्वर्णपदकधारी ध्वजमान मोक्तान,एसियाड पदक विजेता मुक्केवाज दिपक मर्हजन,करातेका इश्वर खपांगी,फुटबल रेफ्रि किरण गीरी,उसु प्रशिक्षक राजीव मर्हजन,तेक्वान्दोका राजकुमार कार्की र भलीबलका पहलसिंह घर्ती मगर रहेका छन् । यसैगरी, सम्राट कुसारी, हरि खड्का,किरण राइ,राम बहादुर साउद र उत्तम गुरुङ पनि उपाध्यक्षमा चयन भए ।
करातेकर्मी तथा मार्सल आर्ट हाप्कीडो संघका अध्यक्ष काली बहादुर घर्ती मगर महासचिव भएका छन् । रग्वी प्रशिक्षक गोबीन्द घिमिरे सहित रबिन्द्र श्रेष्ठ, करातेका हिक्मत थपलीया र बक्सींग प्रशिक्षक धनकुमार मैनाली सचिव भए । तीलक चौधरी,सुरज डीसी,प्रनिल अधीकारी, रबिन नेपाली, करातेका छत्र आले,क्रिकेटका सञ्जिव पाण्डे,लोकेन्द्र विष्ट,रितेस श्रेष्ठ,गोपाल रोकाय, भोलाराम सुबेदी र फूलकन्ट्याक्ट करातेका प्रदिप थापा सचिव भए । यसैगरी, धनस्याम भट्ट, मोहन घर्ती मगर, आइटीएफका पुरन केसी र बद्री थापा पनि सचिव भए । कोशाध्यक्ष गणेश कक्षपती चयन भए । १० प्रतिसत मनोनीत सहित १९९ जनाको केन्द्रिय समिती १ रहेको जनाइएको छ ।
निर्वाचीत पदाधीकारीको पहिलो बैठकले प्रदेश तथा विभागको कार्य विभाजन पनि गरेको छ । एक नम्बर प्रदेशमा किरण राइ इन्चार्ज र रितेस श्रेष्ठ संयोजक भएका छन् । दुइमा ध्वजमान मोक्तान इन्चार्ज तथा सञ्जिव पाण्डे संयोजक भए । तीन नम्बर प्रदेशमा जनक बड्तौला इन्चार्ज तथा दिपक मर्हजन संयोजक भए । चार नम्बर प्रदेशमा हरि खड्का इन्चार्ज र बलराम सुबेदी संयोजक भए । प्रदेश नम्बर पाचँमा प्रकास पुन साइमन इन्चार्ज र बद्रि थापा संयोजक भए । ६ नम्बर प्रदेशमा पहल सिंह घर्ती इन्चार्ज तथा बिश्वजंग मल्ल संयोजक भए । सात नम्बर प्रदेशमा राम बहादुर साउद इन्चार्ज तथा तीलक चौधरी संयोजक भए ।
यसैगरी, महिला खेलकुद विभाग प्रमुखमा कुसुम श्रेष्ठ, प्राबीधीक, प्रशिक्षण एबं प्रतियोगितामा विभागका प्रमुख अन्जन धमला, संघ सस्था विभाग प्रमुखमा इश्वर खपांगी, प्रचार प्रसार तथा स्रचार विभाग प्रमुखमा सम्राट कुसारी र अन्तराष्ट्रिय विभाग प्रमुखमा काली बहादुर घर्ती मगर तथा कार्यलय प्रमुखमा गोविन्द घिमिरे चयन भए । आर्थीक विभाग प्रमुखमा गणेश कक्षपती चयन भए ।