टोरन्टो ओपनमा यानलाई स्वर्ण
क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् । त्यसअघि बाइ पाउदै यान फाइनलमा प्रवेश गरेकी थिइन् ।
अन्य २ नेपाली राष्ट्रिय महिला खेलाडी भने पदकविहिन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए । महिला ४९ केजीमा रेजिना क्यानाडा तथा ६२ केजीमुनि ज्ञानी क्युबाका खेलाडीसँग पछि परे । च्याम्पियनसिपमा करिब १ हजार १ सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । क्यानाडामै बस्दै आएका आठौं दक्षिण एसियाली महासंघीय खेलकुदका स्वर्ण विजेता ग्रान्ड मास्टर राजकुमार राईले नेपाल टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।