ब्यायाम मन्दिरको साधारण सभा सम्पन्न

Manoj Shiama
16 December, 2017 9:41 pm

नेपालमा शारिरीक सुगठन खेलको विकासमा अग्रणी भूमिका निर्वाह गर्न सफल नेपालकै पहिलो संगठित शारिरीक सुगठन संस्था नेपाल ब्यायाम मन्दिरले आफ्नो १७ औं बार्षिक साधारण सभा ज्याठास्थित आफ्नो भवनमा शनिबार सम्पन्न गरेको छ ।
समाजसेवी तथा दाता विद्यासागर तुलाधरको प्रमुख आतिथ्यता तथा ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानको सभापतित्वमा भएको साधारण सभाले मन्दिरका महासचिव अजय बज्राचार्य द्वारा प्रस्तुत २०७३÷७४ का कार्यक्रम र रु. ४६ लाख १५ हजार ९ सय ९५ को आयब्ययका साथै आगामी आर्थिक बर्षका लागि निती तथा कार्यक्रम, विधानमा साधारण संसोधनलाई पारित गरेको थियो । यसका साथै नेपाल ब्यायाम मन्दिरले ज्याठास्थित रहेको भवनको लालपूर्जा आफ्नै नाममा आएकाले यसै कार्यसमितिको अग्रसरतामा ब्यायाम मन्दिरलाई नयाँ आधुनिकता प्रधान गर्दै लाने सोच अनुरुप मन्दिर रहेको स्थानमानै बहुआयामिक भवन निर्माण गर्नुका साथै अत्याधुनिक ब्यायाम शाला निर्माण गर्ने र त्यसलाई कुशलतापूर्वक संचालन गर्नका लागि हाल रहेको निर्देशक परिषदलाई संचालक समितिमा परिणत गर्ने समेत निर्णय गरेको छ ।
सोही क्रममा २०१० सालमा स्थापित नेपाल ब्यायाम मन्दिरले २०७३÷७४ सालमा विभिन्न खेलमा सहभागी भई पदक हात पार्न सफल आफ्ना खेलाडी, अफिसियल तथा अन्य ब्यक्तित्वहरुलाई नगद सहित सम्मान गरेको थियो ।
जसमा मि. हिमालय शारिरीक सुगठन च्याम्पियनसिपमा पदक प्राप्त गर्न सफल खेलाडीहरु सुजन तामाङ्ग, शैलेन्द्र शर्मा, रामबहादुर दाहाल र ग्रिस महर्जन, मि.काठमाण्डौ शारिरीक सुगठन एथलेटिक्स फिजिक्स प्रतियोगिता तथा प्रथम जुनियर मि.काठाण्डौ शारिरीक सुगठन प्रतियोगितामा महिला एथलेटिक्स फिजिक्स तर्फ ओभरअल च्याम्पियन बन्न सफल खेलाडी रजनी श्रेष्ठ, तेश्रो मि. भ्याली शारिरीक सुगठन प्रतियोगिता तथा प्रथम मि.फिटनेश फिजिक्सका विजयी खेलाडीहरु रोजेश महर्जन, रजिन आचार्य र सरोज श्रेष्ठलाई टोनल मनि सहित सम्मान गरेको थियो । यस्तै प्रशिक्षक सुन्दर पोडे, टिम ब्यवस्थापक नरेश पोडे र काजोल सुनुवार, संस्थाको हक र हितमा लागि सदा संस्थाको नाम उच्च राख्न सफल कर्मचारी तथा पदाधिकारीहरु सुन्दर पोडे, रोशन महर्जन र प्रताप काजी बरियालाई पनि सम्मान गरिएको थियो ।
यसै क्रममा संस्थाको उन्नती तथा हितमा कार्य गर्ने अधिवक्ता कुमार भट्टराई र ब्यायाम मन्दिरलाई आर्थिक तथा अन्य सहयोग पु¥याउंदै आएका समाजसेवी तथा दाता विद्यासागर तुलाधरलाई नेपाल ब्यायाम मन्दिर विशेष सम्मान गरिएको थियो । यस्तै यसै बर्ष देखि प्रदान गरिन लागेको मन्दिरका पधाधिकारीहरुका सन्ततीहरुलाई प्रदान गरिने सन्तती विशेष सम्मान मन्दिरका अध्यक्ष नारायण प्रधानकी छोरी शारिरीक सुगठन खेलाडी, यती एयरलाईन्सकी क्याप्टेन लुना प्रधानलाई प्रदान गरिएको थियो ।
संस्थाको अग्रगमनमा अग्रणी भूमिका निर्वाह गर्न सदा दत्तचित्त रहने ब्यक्तिलाई ब्यायाम मन्दिरका निर्देशक परिषदका तर्फबाट प्रदान गरिने निर्देशक परिषद विशेष सम्मान संस्थाका महासचिव अजय कुमार बज्राचार्यलाई परिषदका संयोजक श्री शिवलाला श्रेष्ठले सम्मान पत्रका साथ दोसल्ला ओढाई सम्मान गरेका थिए ।