युजेन्काई कराँतेमा प्रनिश

Manoj Shiama
20 December, 2017 8:50 pm

प्रनिशजंग शाहको अध्यक्षतामा नेपाल गोजुरियो कराँते डो युजेन्काई संघको काठमाडौं जिल्ला संघको तदर्थ समिति गठन गरिएको छ । मंगलबार भएको जिल्ला अधिवेशनबाट शाहको अध्यक्षतामा आठ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । जिल्ला संघको उपाध्यक्षमा रजनी थापा, सचिवमा शिवराज मलासी तथा कोषाध्यक्षमा सरोज तिमिल्सिना चयन भएका छन् ।
सदस्यहरूमा सुमन लामा, राजन लामा, सुमित कर्माचार्य र सुजितप्रकाश थापा रहेका छन् । समितिको मंगलबार नै बसेको पहिलो बैठकले पूर्व सहायक रथी राज राणा र पूर्व डीएसपी अरुण शाहलाई सल्लाहकार राख्ने निर्णय गरेको छ । अध्यक्ष शाहले चाँडै नै महाधिवेशन गरी तदर्थ समितिलाई वैधानिक बनाइने बताए । उनले आफ्नो नेतृत्वमा खेलको विकास र नयाँ खेलाडी उत्पादनका लागि सञ्चालनमा रहेका विभिन्न डोजोमा प्रशिक्षक पठाउने लगायतका कामलाई अघि बढाइने बताए ।
जिल्ला भेलामा केन्द्रिय अध्यक्ष गणेश कार्की र उपाध्यक्ष रामचन्द्र सुबेदी लगायतको उपश्थिती थियो ।