हमालको जित जोशी र साउदप्रति समर्पीत

Manoj Shiama
23 December, 2017 3:12 pm


प्रदेश नम्बर पाचँका प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर हमालले निर्वाचनमा आफूले पाएकोे जित दिवंगत भारोत्तोलक सुनील लाल जोशी र भरत साउद प्रति समर्पीत गरेका छन् । काठमाडौ. जिल्ला भारोत्तोलन संघले शनीबार ललीतपुर सनराइज क्याफेमा संघका केन्द्रिय उपाध्यक्ष तथा ओलम्पियन हमाललाई बधाइ दिन आयोजना गरेको कार्यक्रममा ओलम्पियन हमालले सो कुरा बताएका हुन् ।
२१ मंसिरमा सम्पन्न निर्वाचनमा हमाल बाकेँको निर्वाचन क्षेत्र नम्बर दुइ खमा प्रदेशसभा सदस्यमा निर्वाचीत भएका हुन् । अन्तराष्ट्रिय पदक जित्ने पहिलो भारोत्तोलक हमाललाई संघका उपाध्यक्ष राम श्रेष्ठ बोस सहित पूर्व मुख्य प्रशिक्षक पार्थसारथी सेन गुप्त, तिलक रावत, काठमाडौ जिल्ला भारोत्तोलन संघका अध्यक्ष बृजेन्द्र विक्रम शाह,ओलम्पियन कमल बहादुर अधीकारी र भारोत्तोलक तारा देवी पुन सहित राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक र अन्य खेलकर्मीले बधाइ दिएका थिए ।