चन्द्रमायाको भिडन्त मेघासंग

Manoj Shiama
19 January, 2018 10:02 pm

मध्यमाञ्चलकी डिफेन्डिङ च्याम्पियन मेघा श्रेष्ठ र सोही क्षेत्रकी चन्द्रमाया राई राखेप च्याम्पियनसिपअन्तर्गत १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । मेघाले मध्यपश्चिमाञ्चलकी प्रीति बराललाई ४–० तथा चन्द्रमायाले मध्यमाञ्चलकी साविक उपविजेता एलिजा रन्जितलाई ४–२ को सेटमा पराजित गरे ।
पुरुष सिंगल्समा पश्चिमाञ्चलका नवीन मगरले एपीएफका सुमन लामालाई ४–१, पूर्वाञ्चलका रनिश तामाङले मध्यमाञ्चलका धर्मराज घलेलाई ४–१, सुदूरपश्चिमाञ्चलका रोमियो शाहीले एपीएफका आयुशमान हजुर घलेलाई ४–० तथा मध्यपश्मिाञ्चलका राजकुमार थापाले पश्चिमाञ्चलका गोविन्द नेपालीलाई ४–३ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे ।
महिला डबल्समा पनि मेघा र आयुशमा रन्जितको जोडी फाइनलमा पुगेको छ । उक्त जोडीले सुदूरपश्चिमाञ्चलका भावना पनेरु र आस्मी धामीको जोडीलाई ५–० ले पाखा लगाउदै मध्यमाञ्चलका चन्द्रमाया र एलिजाको जोडीसंग फाइनल भेट पक्का गरे । अर्को सेमिफाइनलमा चन्द्रमाया र एलिजाको जोडीले मध्यमाञ्चलका सुनिरा थापा र कृपा शर्माको जोडीलाई ५–० ले नै पन्छाएका थिए ।