विद्या सागर टिम च्याम्पियन

Manoj Shiama
26 January, 2018 7:37 am

दोस्रो उपत्यका व्यापि अन्तर विद्यालय कराते टिमको उपाधि विद्यासागर स्कुल गोदावरीले जितेको छ । आयोजक विद्यासागर स्कुलले ६ स्वर्ण ५ रजत र ६ कास्य पदक प्राप्त ग¥यो । ब्लु बर्ड स्कुलले ४ स्वणर्,४रजत र ३ कास्य सहित दोस्रो र बालेश्वरि मा वि, भारदेउले ३ स्वर्ण, ४ रजत र १ कास्य सहित तेस्रो स्थान पाए । विद्यासागर स्कुलको आयोजनामा सञ्चालीत प्रतियोगितामा १६ विद्यालयका १७६ खेलाडीकोे सहभागिता थियो । प्रतियोगितामा आइडब्लुएफएन कराते डो संघ सँग आवद्ध स्कुल डोजोहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिति प्रदेश सभा सदस्य लालकुमारि पुन (शुसिला)क ासाथै विशेष अथिति नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष बाबुराम थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेल, नेपाल कराते महासंघका सचिव ओमकृष्ण प्रसाईं र आयोजक विद्यालयका प्रिन्सिपल केदार नाथ पोखरेल लगायतले पुरस्कार प्रदान गरे । प्रतियोगितामा महिला तर्फ नेपालय स्कुलका मटिना महर्जन र पुरुष तर्फ ब्लु बर्ड स्कुलका अनिस सुवेदी उत्कृष्ट खेलाडी भए । भगवती मावि रामेछापले अनुशासित टिम ट्रफि पायो । प्रतियोगिताको विद्यासागर स्कुल व्यवस्थापन समितिका अध्यक्ष एवं संसद सचिवालयका पुर्व सचिव मुकुन्द आचार्यले उद्घाटन गरेका थिए ।