कराते निर्वाचनको संकेत

karatephoto
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुब बहादुर प्रधानले नेपाल कराते महासंघको निर्वाचनको संकेत गरेका छन् । सोमबार २९ जनवरी देखि सुरु हुने दुबइ ओपन कराते प्रतियोगितामा सहभागि नेपाली टोलीलाइ विदाइ गर्ने क्रममा प्रधानले आसन्न साधारण सभामा निर्वाचन नभएका संघलाई मताधीकार नदिने र सबै संघले निर्वाचन गराउनु अनीबार्य रहेको बताए । उनले यसका लागि बिश्व कराते महासंघ र एसियाली कराते महासंघसंग समन्वय गर्न आफ तयार रहेको जनाए । कार्यक्रममा बालाजु कराते एकेडेमीका प्रमुख करातेको द्धैध अस्तीत्व समाप्त पार्न निर्वाचन नै सबैभन्दा महत्वपूर्ण विकल्प भएको बताए । उनले महासंघ अन्तरगतका १७ राष्ट्रिय संघको उपस्थितीमा हुने निर्वाचनले सम्पूर्ण विवादको समाधान हुन सक्ने विचार ब्यक्त गरे ।
प्रतियोगितामा एसियाली खेलकुदकी पदक विजेता विमला तामांगले एकल काता र ५५ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने छिन् । अनुपमा मगरले ६८ किलो मुनी तथा  राम तामांग र लक्ष्मण तामांगले ६० किलो मुनी प्रतिस्पर्धा गर्ने छन् । विजयराम यान्दोले एकल कातामा र विपना तामांगले जुनियर  ४५ किलो मुनीमा प्रतिस्पर्धा गर्ने छन् । नेपाल कराते महासंघका प्रतिनिधीको रुपमा बिआर मित्र रहने छन् भने रेफ्रिमा एकेएफ रेफ्रि प्रकास मोहन धौवडेल सहित बिसन सिंह खड्का र ध्रुब विक्रम मल्ल रेफ्रि रहने छन् । टोली राधीका देउलाको प्रशिक्षणमा रहने छ ।

Comment