आर्मी क्लबको विजयी सुरुवात

football ghur
नेपाल आर्मी क्लबले रेडबुल ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । आर्मीले मंगलबार भएको खेलमा झापा फुटबल क्लबलाई १–० ले पराजित गर्यो । आर्मी क्लबलाई जित दिलाउने क्रममा ६८ औ मिनेटमा टेक बहादुर बुथाढोकीले गोल गरे । खेलमा दुवै टोलीले बराबर गोल अबसर सृजना गरेका थिए । दोस्रो हाफको सुरुवातमै बिसाल राइ र कर्ण लीम्बुको समन्वयले झापाले गोल गर्ने अबसर पाए पनि आर्मी रक्षक जितेन्द्र कार्कीले टोलीको संकट टारेका थिए । ७१ औ मिनेटमा कर्णले अर्को एक अबसर गुमाए ।
आर्मीका प्रशिक्षक मेघराज केसीले बलियो टोलीसंग जित हात पारेको  प्रतिक्रिया दिए । पराजित झापाका प्रशिक्षक भगीरथ आलेले विंगरहरु प्रभावकारी नभएको प्रतिक्रिया दिए ।

Comment