भेट्रान कपको फाइनल शनिबार
स्पोर्ट्स फर अल क्लब नेपालले आयोजना गरेको ‘एनबीए’ नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने भएको छ ।
फाइनल नेपाली सेना र मनाङ मस्र्याङ्दी क्लबबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकका अध्यक्ष लोकबहादुर शाहीले जनाएका छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । सेमिफाइनल माघ ३ गते सम्पन्न भएकोमा विशेष कारण जनाउदै आयोजकले फाइनल भने पछि सारेको थियो ।
समापनका अवसरमा १३ जना पूर्व राष्ट्रिय फुटबलरलाई सम्मान गरिनुका साथै पूर्व फुटबलर अशोक केसी, श्रीराम रन्जितकार, वाई.बी. घले र मणिविक्रम शाहलाई उपचारका निम्ति आर्थिक सहयोग पनि प्रदान गरिने अध्यक्ष शाहीले जनाएका छन् ।