प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिता जारी

पोखरा
नौलो तारा क्लब लेखनाथ–१४ रूपातालले शहीद दिवसको अवसर पारेर खोलाको छेउ टाकीबोट खेलमैदानमा सञ्चालन गरेको प्रथम नौलो तारा कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार आठ खेल सम्पन्न भएका छन्।
पहिलो खेलमा एजेडयु बी ले एबीसी काठमाडौंलाई १–० ले पराजित गरे। सोखेलमा एजेडयु बी का लागि करन पुनले निर्णायक गोल गरेका थिए। दोस्रो खेलमा जागृति युवा क्लबले रुपा युथ क्लब बी लाई टाइब्रेकरमा ३–२ ले पराजित ग¥यो। निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएको थियो। निर्धारित समयमा रुपाका प्रमिश श्रेष्ठ र जागृतिका किरण परियारले एक–एक गोल गरेका थिए।
तेस्रो खेलमा एनजी युथ क्लबले बेगनास युवा क्लबलाई २–० ले पाखा लगायो। एनजीको जीतमा दुवै गोल विमल रानामगरले गरेका थिए। हरि गुरुङको निर्णायक गोलको मद्दतमा चौथो खेलमा एकता एफसीले नौलोतारा क्लब बी लाई १–० ले पराजित गरेको प्रचार–प्रसार उपसमितिका संयोजक किरण थापाले जानकारी दिए।
यस्तै पाँचौं खेलमा आदर्श युवा क्लब भण्डारढिक ए ले एजेडयु ए लाई १–० ले हरायो। आदर्श युवा क्लब ए को जीतमा एकमात्र गोल मिलन गुरुङले गरेका थिए। छैटौं खेलमा शक्ति युवा क्लबले रुपा युथ क्लब ए लाई २–१ ले पराजित ग¥यो।शक्ति युवा क्लबको तर्फबाट विमान प्रधान र दिनेश मल्लले एक–एक गोल गरेका थिए। रुपा युथ क्लब ए को लागि सिद्धार्थ रञ्जितले सान्त्वना गोल गरेका थिए।
सुनिल बानियाँको एकमात्र निर्णायक गोलमा सातौं खेलमा थ्री भिलेज युवा क्लबले चौतारी युवा क्लबलाई १–० ले पन्छायो। आठौं खेलमा द रिजन युथ क्लबले रुपाताल तमु समाजलाई २–० ले पराजित ग¥यो। द रिजनको जीतमा दुवै गोल सुवास बरालले गरेको युवा संयोजक प्रकाश बस्नेतले जानकारी दिए।
बहुउद्देश्यीय सामुदायिक भवन निर्माण सहयोगार्थ आयोजित सो प्रतियोगितामा प्रतियोगितामा विजेता टीमलाई नगद ४५ हजार पाँच सय ४५ तथा उपविजेता टीमलाई नगद २५ हजार पाँच सय २५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै बेस्ट प्लेयर, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेण्डर र हाइस्कोररलाई ट्रफी र आकर्षक पुरस्कार प्रदान गरिने छ।
माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ टीमको सहभागिता रहेको छ। शनिबार पनि आठ खेल हुने आयोजकले जनाएको छ।

Comment