त्रिभुनव आर्मी एनबिए नेपाल कप भेट्रान फुटबल च्याम्पियन

त्रिभुवन आर्मी क्बल एनविए नेपाल कप भेट्रान फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ । शनिवार दशरथ रगशालामा भएको प्रतियोगितामा आर्मीले मनाङ मस्याङ्र्दी क्लबलाई ट्राइब्रेकरमा ३–२ ले पराजीत गरेको हो । स्पोटर््स फर अल क्बल नेपालको आयोजना र नेपाल बैंकर्स एसोसिएसनको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको च्याम्पियन आमीले नगर ५० हजार पुरस्कार प्राप्त ग¥यो । नेपाल सेनाका प्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणाले सो पुरस्कार रकममा ५० हजार थप गरि आयोजक स्पोटर््स फर अल क्लबका अध्यक्ष लोकबहादुर शाहीलाई नै सहयोग प्रदान गरे । प्रतियोगिताको उपविजेता मनाङ मस्याङ्र्दीले २५ हजार नगर पुरस्कार प्राप्त गरेको थियो ।
सर्वाेउत्कृष्ट खेलाडीबाट आर्मीका गोलरक्षक छन्नुराम चौधरी पुरस्कृत भए । शनिबार भएको फाइनल खेल निर्धारितसमयसम्म २–२ को बराबरी भएपछि ट्राइव्रेकरबाट नतिजा निकाल्नु प¥यो । खेलको तेस्रो मिनेटमा हमिद दुलाले मनाङका लागि गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि आर्मीका लागि समिर प्रताप राणाले बराबरी गोल फर्काए । खेलको ५४ औं मिनेटमा डिल्लीराम श्रेष्ठले मनाङलाई पुन अगाडी लगाए । अतिरिक्त समयमा आर्मिका लागि समिर प्रताव राणाले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।  टाइब्रेकरमा मनाङका लागि कर्मा छिरिङ र दर्शनले गोल गरे । आर्मीका लागि अशोक गुरुङ, बसन्त राज गुरुङ र बाबुकाजी डौबञ्जरले गोल गरेका थिए ।

Comment