आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स बिश्व च्याम्पियनसिप नेपालमा

Manoj Shiama
4 December, 2018 9:25 am

अन्तराष्ट्रिय मार्शलआर्टस् गेम्स बिश्वच्याम्पियनसिपको आठौ सस्करण नेपालमा हुने भएको छ । लाजिम्पाट स्थित नेपाली चुलोमा सोमबार सम्पन्न भएको वैठक महासंघका अध्यक्ष प्रविन कुमार कार्कीको अध्यक्षतामा बसेको वैठकले जानकारी गराएको हो । नोभेम्बर १० देखी १४ सम्म उत्तरकोरियाको पेङयाङ्गमा भएकोे अन्तराष्ट्रिय मार्शल आर्टस् महासंघको वैठमा नेपालको तर्फवाट एनएमएमजिसिका प्रमुख सल्लाहकार राजकुमार थापा र सचिव घम बहादुर थापा मगरले सहभागिता जनाएका थिए । उक्त अन्तराष्ट्रिय मार्शल आर्टस् महासंघको वैठले आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स बिश्व च्याम्पियनसिप नेपालमा गर्न स्वीकृती दिएको हो ।

आउदो बर्ष आयोजना हुने आठौं अन्तर्राष्ट्रिय मार्शल आर्ट गेमस २०१९ को ब्यावस्थापनको लागि नेपाल राष्ट्रिय मार्शल आर्ट गेमस महासंघ को सम्पुर्ण कार्य समिती, महासंघमा आबद्ध सबै संघका कार्यसमिति, प्रशिक्षक, खेलाडी, राष्ट्रिय खेलकुद परिषद का कर्मचारी, व्यावसायिक प्रतिनिधि, पर्यटन व्यावसायिक का प्रतीनिधी, सुरक्षा निकाय नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल शसस्त्र प्रहरीका प्रतिनिधि नेपाल सरकार का प्रतिनिधि लगायत १००१ मुल आयोजक समिती तथा प्रतियोगिता सचिवालय गठन गरियो ।  राजकुमार थापाको संयोजकत्वमा १५ जनाको मुल सचिवालय खडा गरेको छ ।