मेयर कप कराते शुक्रबारदेखि
Manoj Shiama
27 December, 2018 9:45 pm
गोंगबु डोजोको आयोजनामा प्रथम मेयर कप वादोकाइ कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न २० डोजोका करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक डोजोका प्रशिक्षक एवं प्रतियोगिता संयोजक सुजेन्द्र केसीले जनाएका छन् । पुरुषमा १० तथा महिलामा ९ गरी जम्मा १९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरु बानियाँटारमा हुनेछ ।