कठिन जीतस“गै पुलिस रारा गोल्डकपको सेमिफाइनलमा

bholaप्रेमनारायण न्यौपाने
पोखरा
नवजनजागृति युवा क्लब सिमराविरुद्ध १–० को कठिन जीत हात पार्दै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रड्डशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा खेलको ७४ मिनेटमा भरत शाहले गरेका एकमात्र गोलको मद्दतमा पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो।नवजनजागृतिका डिफेण्डर सौरव मगरले आफ्नै गोलपिकर बाबु मगरलाई दिएको व्याक हेडलाई भरत शाहले छोएका थिए, त्यही बल गोलकिपरले समातेर फुत्काएपछि बल खालीपोस्टमा छिरेको थियो। त्यही गोल नै पुलिसको जीतमा निर्णायक बन्यो।
यद्यपि पोखरामा सर्वाधिक पाँचपटकको विजेता पुलिसले नाम अनुसारको खेल भने देखाउन सकेन। नियमित प्रशिक्षक विराटकृष्ण श्रेष्ठको अनुपस्थितिमा सहायक प्रशिक्षक हरि खड्काले सम्हालेको पुलिसले पहिलो रोजाइका अधिकांश खेलाडीलाई आराम दिएको थियो। माघ २७ गते हुने झापा–११ र थ्रीस्टार क्लबबीचको विजेतासँग पुलिसले माघ २९ गते सेमिफाइनल खेल्नेछ।
दर्शकले भरिएको पोखरा रड्डशालामा नवजनजागृतिले उत्कृष्ट प्रदर्शन गरे पनि पाएका अवसरलाई गोलमा परिणत गर्न सकेन। उसले दर्शकको पूरा समर्थन पाएको थियो तर त्यो अनुरुप खेल्न सकेन। खेल सुरु भएको तीन मिनेटमै जनजागृतिले गोल गर्ने उत्कृष्ट अवसर गुमायो। सौरव मगरको क्रसमा रवि पासवानले डिबक्सभित्रबाट हानेको प्रहार फस्टबार हुँदै बाहिरियो।१३ मिनेटमा पुलिसले अवसर पायो। भोलानाथ सिलवालको क्रसमा निरकुमार राईको पावर भलि सुट क्रसबारमाथिबाट गयो। २५ मिनेटमा पुलिसका लागि हरि कठायत राम्रो अवसरमा चुके। भोला सिलवालको छोटो पासमा भरत शाहको प्रहार खुट्टामा लागेर डिÇलेक्ट भएपछि त्यसलाई हरिले पाए पनि सदुपयोग गर्न सकेनन्,
दोस्रो हाफमा पनि दुवै टीमले उत्कृष्ट प्रदर्शन गरे पनि बल एकअर्काको डिबक्सभित्र कमैमात्रामा छिरेको देखिन्थ्यो।दुवै टीमको स्ट्राइकिङ लाइन चल्न सकेन। जनजागृतिको तर्फबाट रवि पासवान र कुमार गुरुङ तथा पुलिसको तर्फबाट भरत शाह र हरि कठायतले स्ट्राइकिङ लाइन सम्हालेका थिए।६५ मिनेटमा भोला सिलवालको पासमा हरि कठायतको प्रहार फस्टबारमा लागेर फर्कियो।सो लगत्तै पुलिसका हरि कठायतको स्थानमा तीर्थ राना मैदानमा छिरेका थिए।८२ मिनेटमा जनजागृतिले बराबरी गोल गर्ने अवसर पाएको थियो। रवि पासवालको कर्नरमा कप्तान सुरज थिङको हेडिङ क्रसबारमाथिबाट गयो।८८ मिनेटमा पुलिसले गोल सङ्ख्या दोब्बर बनाउने अवसर पाए पनि सफल हुन सकेन। विपक्षी गोलकिपर विट भइसकेको अवस्थामा तीर्थ रानाले वान भर्सेस वान बल खाली पोस्टमा छिराउन सकेनन्, डिबक्सभित्र छिराएर हानेको उनको बल सेकेण्डबार हुँदै बाहिरियो।
हारपछि जनजागृति युवा क्लबका प्रशिक्षक जीवन लामाले राम्रो खेल्दाखेल्दै पनि बाहिरिनुपरेको प्रतिक्रिया दिए।उनले व्याकपास खेल्नु नै आÇनो कमजोरी भएको र त्यसैमा पुलिसले गोल हानेको बताए। ‘सबै खेलाडीले राम्रो खेले’–उनको भनाइ थियो–‘तर पनि राम्रो खेल्दाखेल्दै बाहिरिनुप¥यो।’
जीतपछि पुलिसका सहायक प्रशिक्षक हरि खड्का खेलाडी थाकेको हुनाले समयमा गोल हुन नसके पनि जीत हात पारेकोमा खुसी देखिन्थे।खेलाडीको प्रदर्शनको बारेमा उनको भनाइ थियो–‘पूर्वको इलाममा थ्रीस्टारसँग ९० मिनेट बढी खेलेर रातारात पोखरा आएको हुनाले खेलाडी थाकेका थिए, उनीहरूलाई रेस्ट चाहिन्थ्यो तर समय मिलेन। त्यो थकान आज ग्राउण्डमा पनि देखियो।’ उनले पहिलmो रोजाइका खेलाडी केही घाइते भएको हुनाले उनीहरूलाई रेस्ट दिएको बताए।
सो खेलमा पुलिस क्लबबका गोलकिपर रिते थापा र अजीत भण्डारीलाई फिफा रेफ्री सुदिश पाण्डेले एलोकार्ड देखाएका थिए।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद तीन लाख एक हजार तथा उपविजता टीमलाई नगद दुई लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभिएस मोटरसाइकल प्रदान गरिनेछ भने विधागत रूपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र फेयर प्ले टीमलाई जनही १० हजार तथा हाइस्कोररलाई नगद १५ हजार पुरस्कार प्रदान गरिनेछ।
आइतबार कुनै पनि खेल हुने छैनन्। सोमबार सुदूरपश्चिमाञ्चल फुटबल क्लब कैलाली र युकेको अल्डरसर्ट टाउन एफसीबीच दोस्रो क्वाटरफाइनल खेल हुने प्रतियोगिता संयोजक हरिराम गुरुङले जानकारी दिए।
तस्विरः उमेश पुन

Comment