थ्रीस्टारलाई १३ औं आहारारा गोल्डकपको उपाधि

three star title
प्रेमनारायणन्यौपाने
पोखरा
चिरपरिचित प्रतिद्वन्द्वी मनाङमस्र्याङ्दी क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लबले पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को उपाधि हात पार्न सफल भएको छ। शनिबार भएको फाइनलमा उत्कृष्ट प्रदर्शनसहित मनाङलाई १–० ले पराजित गर्दै थ्रीस्टारले आहा गोल्डकपमा उपाधि हात पार्न सफल भएको हो।
थ्रीस्टारको जीतमा सन्तोष साहुखलले फस्ट हाफको २२ मिनेटमा गरेको एकमात्र गोल नै उपाधिको लागि निर्णायक बन्यो।रञ्जित धिमालको क्रसमा विजय गुरुङले सिक्सयार्डबाट मिलाइदिएको हेडपासलाई सन्तोषले पोस्टमा चिप गरेका थिए।जीतसहित एउटै प्रतियोगितामा एउटै विपक्षी टीमलाई तीनपटक फाइनलमा हराउँदै तीनैपटक उपाधि जित्नेमा थ्रीस्टार पर्न सफल भएको छ। पुलिसले भने क्याराभानसहित तीनवटा प्रतियोगितामा मनाङलाई हराउँदै उपाधि जितेको छ। यस्तै आहा गोल्डकपमा चौथोपटक उपाधि जितेको थ्रीस्टारले क्याराभान कपलाई छाडेर चारपटक उपाधि जितेको पुलिससँग बराबरी गरेको छ। मनाङले तीनपटक उपाधि जितेको छ।
उपाधिसहित थ्रीस्टारले नगद तीन लाख ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेतामा सीमित मनाङले दुई लाख एक हजारमा चित्त बुझायो। यस्तै विधागत पुरस्कारमा अधिकांश थ्रीस्टारको पोल्टामा गयो। बेस्ट प्लयेर घोषित थ्रीस्टारका विजय गुरुङले टिभिएस मोटरसाइकल प्राप्त गरे। आÇनै श्रीमतीको हत्याको अभियोगमा दुई वर्ष फुटबलबाहिर रहेर पनि उत्कृष्ट प्रदर्शन गरेका थ्रीस्टारकै विष्णु सुनुवार बेस्ट डिफेण्डर, अञ्जन केसी बेस्ट कोच घोषित भए। सुदूरपश्चिमाञ्चलका हेमन्त थापामगर बेस्ट मिडफिल्डर तथा मनाङका अनिल गुरुङ बेस्ट स्ट्राइकर घोषित भए। सुदूरपश्चिमाञ्चल फुटबल क्लबले फेयर प्लये अवार्ड प्राप्त ग¥यो। उनीहरूले जनही १० हजार प्राप्त गरे। प्रतियोगितामा समान तीन गोल गरेका मनाङका अनिल गुरुङ र सुजल श्रेष्ठले हाइस्कोररको १५ हजार पुरस्कार बाँडे। फाइनलमा विपक्षीका थुप्रै प्रहार विफल पारिदिएका थ्रीस्टारका गोलकिपर किरण चेम्जोङ म्यान अफ दी म्याच घोषित भए।
थ्रीस्टारले ४८ मिनेटमा गोल थप्ने अवसर गुमायो। सन्तोष साहुखलको क्रसमा विजय गुरुङले गोलकिपर विट गरेर डिबक्सभित्रबाट हानेको प्रहार सेकेण्डबार हुँदै बाहिरियो। ७२ मिनेटमा मनाङ अर्को गोल खानबाट जोगियो। जगजीत श्रेष्ठको कर्नरमा विराज महर्जनको हाफ क्लियर बललाई सिक्सयार्डबाट नियन्त्रणमा लिँदै ठूलो संकट टारिदिए।सेकेण्ड हाफमा खेलमा फर्किने कोसिस गरे पनि थ्रीस्टारको गोलकिपर र डिफेन्सले उसका सबै प्रयास विफल पारिदियो। ५३ मिनेटमा मनाङले बराबरी गोल गर्ने अवसर पाएको थियो तर त्यसमा शिव श्रेष्ठ चुके। सुलभ मास्केको प्रहारलाई गोलकिपर किरण चेम्जोङले पञ्च गरेर फालेपछि रिबाउण्ड बलमा शिव श्रेष्ठको प्रहारलाई किपरले नै नियन्त्रणमा लिइदिए। ७८ मिनेटमा डिबक्सलाइनबाट हानेको डोडोको प्रहार थ्रीस्टारका गोलकिपर किरणले नै विफल पारिदिए। खेल हेर्न पोखरा रड्डशालामा आएका दर्शक सोहीअनुरुपको प्रदर्शन मनाङले गर्न नसकेपछि खिन्न देखिन्थे।उनीहरूले खेलको अन्तिममा खेलमैदानमा पानीका बोत्तल र ढुड्डा हानेर चार मिनेट खेल रोकिदिएका थिए।
हारपछि मनाङका प्रशिक्षक राजुकाजी शाक्यले रेगुलर म्याच खेल्नुपर्दा आÇना खेलाडी घाइते भएकोले पराति हुनुपरेको प्रतिक्रिया दिए।उनले सेकेण्ड हाफमा राम्रो खेले पनि पाएका चान्स सदुपयोग हुन नसकेको बताए।
जीतपछि थ्रीस्टारका प्रशिक्षक अञ्जन केसीले स्टार्टिङ पोइन्टमा राम्रो खेलेर स्कोर निस्किएकोले उपाधि सम्भव भएको बताए। सेकेण्ड हाफमा विपक्षीको प्रेसरमा खेल्नुपरे पनि गोलकिपर र डिफेण्डरले राम्रो खेलेको बताए।उनको भनाइ थियो–‘सबै खेलाडीको सात–आठ वर्षको अनुभवले काम ग¥यो।’ उनले दुई वर्षपछि खेलमा फर्किएका डिफेण्डर विष्णु सुनुवारको प्रदर्शनको खुलेर प्रशंसा गरे।
सो खेलमा मनाङका शिव श्रेष्ठ र थ्रीस्टारका सन्तोष साहुखललाई फिफा रेफ्री लव खत्रीले एलोकार्ड देखाएका थिए। १३ औं संस्करणमा ११ खेल सञ्चालन गर्न  एक हजार ८९ मिनेट समय खर्चिनुप¥यो। प्रतियोगितामा ३१ तथा टाइब्रेकरमा सात गोल भयो। यस्तै ३६ वटा एलो तथा एक रेड कार्ड पनि वितरण भयो। यही प्रतियोगितासँगै लव खत्री पोखरामा सर्वाधिक प्रतियोगिता खेलाउने फिफा रेफ्रीमा पर्न सफल भए।उनले आहा गोल्डकपमा सात तथा पोखरा कपमा तीन गरी १० वटा प्रतियोगिता खेलाएका छन्।
हिमश्री फूड्स प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा विजेता तथा उपविजेता टीमलाई प्रमुख अतिथि सभासद् रबिन्द्र अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए। सो अवसरमा सहारा क्लबका निवर्तमान अध्यक्ष विक्रम थकालीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र अधिकारी, एन्फाका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठ, सम्मानित व्यक्तित्व विक्रम थकालीले बोलेका थिए। सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव केशवबहादुर थापाले गरेका थिए।
तस्विर सौजन्य ः उमेश पुन

Comment