महिलातर्फ न्यू डायमण्ड र एपीएफ समुहुमा पहिलो

apf
महिलातर्फ न्यू डायमण्ड एकेडेमी, एपीएफ क्लब र पश्चिमाञ्चल टीम पोखरामा जारी चौथो म    हिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुभारम्भ भएको छ।
पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा शुक्रबार भएको महिलातर्फको पहिलो खेलमा डायमण्ड एकेडेमीले भारतको उत्तरप्रदेशको चुुनौती सोझो तीन सेटमा पन्छायो। उसले प्लयेर अफ दी वुमन घोषित कप्तान रमिला तण्डुकारको उत्कृष्ट प्रदर्शनसँगै न्यू डायमण्डले पहिलो सेट २५–१४, दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१८ ले पराजित ग¥यो। पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको न्यू डायमण्ड शतप्रतिशत जीत निकाल्दै छ अड्ढसहित समूह बी बाट विजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।
दोस्रो खेलमा डिफेण्डिङ च्याम्पियन एपीएफ क्लबले आयोजक टीम पश्चिमाञ्चल टीमलाई ३–१ को सेटमा पराजित ग¥यो।पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको पश्चिमाञ्चलले त्यसपछिका तीनवटै सेट एपीएफलाई सुम्पियो।प्लयेर अफदी वुमन रेश्मा भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै एपीएफले पश्चिमाञ्चललाई दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२० ले हराएको थियो। हारका बाबजुत पनि मात्र दुई टीम रहेको समूह ए बाट पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ।सेमिफाइनलमा पश्चिमाञ्चलले समूह बी को विजेता न्यू डायमण्ड एकेडेमीसँग फागुन १० गते प्रतिस्पर्धा गर्नेछ।
पुरुषतर्फको खेलमा एपीएफ, पुलिस र आर्मीले जीत हात पारेका छन्।पहिलो खेलमा एपीएफले सुदूरपश्चिमाञ्चलमाथि २५–१०, २५–११ र २५–२२ को जीत दर्ता ग¥यो। सोखेलमा एपीएफका मिलन मल्ल प्लयेर अफ दी म्याच घोषित भए।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले मध्यमाञ्चललाई सोझो तीन सेटमै पराजित ग¥यो।कुलबहादुर थापा प्लयेर अफ दी म्याच घोषित खेलमा पुलिसले मध्यमाञ्चललाई पहिलो सेट २५–१५, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ ले पराजित ग¥यो।
तेस्रो खेलमा राजकुमार थापाको उत्कृष्ट प्रदर्शनसँगै त्रिभुवन आर्मी क्लबले पूर्वाञ्चललाई सोझो तीन सेटमा हरायो। उसले पूर्वाञ्चललाई पहिलो सेट २५–८, दोस्रो सेट २५–१७ र तेस्रो सेट २७–२५ ले हराएको थियो। जीतसँगै समूह ए को एपीएफ, समूह बी को पुलिस र समूह बी को आर्मीले महŒवपूर्ण तीन अड्ढ जोडेका छन्।
शनिबार पुरुषतर्फ नेपाल पुलिस क्लब र मध्यमाञ्चलबीच बिहान साढे सात बजे पहिलो खेल, पूर्वाञ्चल र सुदूरपश्चिमाञ्चलबीच साढे नौ बजे दोस्रो, पश्चिमाञ्चल र मध्यमाञ्चलबीच साढे ११ बजे तेस्रो, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे एक बजे चौथो तथा महिलातर्फ नेपाल पुलिस क्लब र भारतको उत्तरप्रदेशबीच साढे तीन बजे अन्तिम खेल हुने पश्चिमाञ्चल क्षेत्रीय भलिबल सङ्घका सचिव डीबी नेपालीले जानकारी दिए।
लिगकम नकआउटका आधारमा फिभको नियमअनुसार खेलाइने दुवै इभेन्टमा प्रथम हुनेलाई जनही नगद ५० हजार, द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।यस्तै बेस्ट प्लयेर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकरलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने छ।
पुरुषतर्फको खेल फागुन ९ गतेबाट खेलाइने प्रतियोगिता हेर्न दर्शकको लागि क्वाटरफाइनलसम्म एक सय, सेमिफाइनलसम्म एक सय ५० र फाइनलमा दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको छ। दर्शकको सुविधाको लागि अस्थायी प्यारापिटलाई तारबारले घेरी प्रतियोगितास्थललाई व्यवस्थित गरिएको छ। प्रतियोगिता सञ्चालन गर्न २८ लाख ७४ हजार दुई सय २० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।बचत रकम यस क्षेत्रका महिला भलिबल खेलाडीको विकासको लागि खर्च गरिनेछ।
तस्विरः उमेश पुन

Comment