नेपालको पहिलो फ्रेन्चाइज फुटबल शनिवार सुरु हुँदै

नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) शनिवार सुरु हुँदै छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल काठमाडौँ रेजर्स र ललितपुर सिटी एफसीका बिचमा हुने छ । सात टोली सहभागी यो खेल कोभिड १९ महामारीका कारण बन्द रङ्गशालामा हुन लागेको हो । प्रतियोगिताको उपाधि विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् । विधागत विजेताले १ लाख रुपैयाँ तथा प्रत्येक खेलका म्यान अफ द म्याचले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
आयोजकले वर्तमान असहज परिस्थितिमा  सामाजिक सुरक्षाको प्रोटोकलका कारण आफूहरूलाई अप्ठेरो परे पनि महामारीका कारण उत्पन्न असहज अवस्था र सबै टोलीले गरेको तयारीका कारण बन्द रङ्गशालामा प्रतियोगिता आयोजना नै उपयुक्त विकल्प भएको जनाएको छ ।
प्रतियोगिताको दौरान सबै स्वास्थ्य मापदण्ड र अनुशासन पालना हुने छ । प्रतियोगितामा सहभागी टोली तथा खेलाडीहरूले असहज परिस्थितिका बाबजुद नेपाली फुटबलमा यो एउटा महत्त्वपूर्ण फड्को भएको बताउँदै आएका छन् ।
Comment