पोखराको जितमा नवयुग नायक
खुकुरी एनएसलएलमा लुम्बिनी बुटवल एफसी र एफसी चितवन बिच २–२ गोलको बराबरी भएको छ । बुधवार भएको पहिलो खेलमा चितवनले जर्ज प्रीन्स कार्की र टेक बहादुर बुढाथोकीको गोलमा १९ मिनेटमा २ गोलको अग्रता लिएको थियो । १५ औ मिनेटमा कार्कीले गोल गरेको खेलको १९ औ मिनेटमा बुढाथोकीले गोल गरे ।
खेलमा सानदार ढङ्गले फर्किएको बुटवलका लागि ३२ औ मिनेटमा आशिष लामा तथा ६५ औ मिनेटमा कप्तान लक्ष्मण रुचालले गोल गरेका थिए ।
खेलमा जर्ज प्रीन्स उत्कृष्ट खेलाडी भए भने लक्ष्मण इमर्जिङ प्लेयर भए ।
अर्को खेलमा नवयुग श्रेष्ठको गोलमा पोखरा थन्डर्सले विराटनगर सिटी एफसीलाई १–० ले हरायो । बराबरी तर्फ मोडिएको खेलको ८२ औ मिनेटमा नवयुगले गोल गरेका हुन् । नवयुग प्लेयर अफ द म्याच भए भने नितिन थापा इमर्जिङ प्लेयर भए ।