मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदास टेक्नोलोजीले वि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । अब प्रदेश १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा पाउने कुरामा मिदास टेक्नोलोजी विश्वस्त रहेको जनाइएको छ । यो सेवा पूर्वाञ्चल स्वास्थ्य छेत्र अन्तर्गत पहिलो पटक मिदास टेक्नोलोजी सफ्टवेयर मार्फत सुरु गरिएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराएको सफ्टवेयर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरूले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
Comment