सुनिलको गोल निर्णायक बन्दा मछिन्द्रको एएफसी छनोट बलियो

सुनिल बलले अन्तिम समयमा गरेको फ्री किक गोलसंगै मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित  गर्दै एएफसी कपमा  छनोटको सम्भावना बलियो बनाएको छ ।

शनिबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा इन्जुरी समयमा सुनिलको निर्णायक  गोलसंगै मछिन्द्रले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

जितसगै मछिन्द्र ६ खेलबाट १४ अंक  बनाउदै शीर्ष स्थानमा उक्लिएको छ । यता, पहिलो हार ब्यहोरेको मनाङको समान खेलबाट  १३ अंक छ । र दोस्रो स्थानमा छ ।

अब मनाङले सातौं चरणमा ब्रीगेड ब्वाइज क्लब र मछिन्द्रले नेपाल पुलिस क्लबसंग खेल्नेछ ।

सातौ चरणमा शीर्ष स्थानमा रहने टोली एएफसी कपका लागि छनोट हुनेछ ।

Comment