कीर्तिपुरमा बक्सिङ खेलाडीहरू सम्मानित
Manoj Shiama
6 March, 2022 6:41 am

दक्षिण एसियाली मुलुकहरूको १३ औँ साफ खेलकुदमा बक्सिङ खेलमा नेपालको तर्फबाट सहभागी भई विभिन्न पदक जित्न सफल खेलाडी तथा अफिसर्स टिमलाई एक कार्यक्रमका बिच कीर्तिपुरमा सम्मान गरिएको छ । मार्सल आर्ट आर्गनाइजेसन नेपालको आयोजनामा फागुन २१ गते शनिवार कीर्तिपुर ४ स्थित सिम क्षेत्र को ‘विथ लाेकल्स’ नेपाल फार्म हाउसमा भएको आत्मरक्षा प्रशिक्षण कार्यक्रममा बक्सिङ खेलका कीर्तिमानी खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले सम्मान नगद पुरस्कारका साथै सम्मान-पत्र हस्तान्तरण गरे ।
सम्मानित हुने खेलाडी तथा कोचहरूमा बक्सिङ खेलमा लामो समयसम्म कोच भई योगदान गरेका कीर्तिपुर ७ का कोच उमेश कटुवाललाई ५० हजार रुपैयाँ , साफमा स्वर्ण पदक विजेता मिना गुरुङ र भूपेन्द्र थापालाई पुरस्कार ५ हजार रुपैयाँ प्रदान गरियो । रजत पदक पदक विजेता खेलाडीहरू ललिता महर्जन, माला राई, सङ्गीता सुनार, पुनम रावल, गणेश प्रशान्त र आशिष दवाडी सम्मानित भए । कास्य पदक विजेता सुशील थापा, तेजबहादुर देवान, पूर्ण राई, विकास लामा, अर्जुन सेभु, चन्द्रकला थापा र अफिसियल टिमका नेपाल चिफ कोच प्रकाश थापा मगर, डम्बर दत्त भट्ट, प्रवीण तुलाधर, दीपक महर्जन, किशोर लिम्बू र म्यानेजर टिमका प्रेम फाैजु र प्रमीला राई सम्मानित भए ।
