पेमाद्वारा खेलाडी सम्मानका लागि अक्षयकोषको स्थापना
पूर्व फुटबल खेलाडी पेमा डोल्मा लामाले महिला फुटबल खेलाडीहरूको सम्मानका लागि अक्षय कोषको स्थापना गरेकी छिन् ।
पूर्व खेलाडी तथा हाल एन्फा सदस्य, एन्फा महिला समितिकी सदस्य एवं महिला फुटबल संघकी महासचिव समेत रहेकी पेम्बाले आफूले विभिन्न प्रतियोगिताका दौरान प्राप्त भत्ता तथा अन्य रकममा थप गरी ३ लाख बराबरको अक्षय कोष स्थापना गरेकी हुन् ।
उनले यस रकमबाट वार्षिक रूपमा ब्याज बापत प्राप्त रकम हरेक वर्ष महिला दिवस मार्च ८का दिन एक जना पुराना वा नयाँ महिला खेलाडीहरूलाई पुरस्कृत गर्ने जनाएकी छिन् । यसका लागि उनले एक छनौट समिति निर्माण गर्ने र उक्त समितिको सिफारिसमा पुरस्कृत गर्ने समेत जनाएकी छिन् । यसरी सम्मान गर्नुको मुख्य उद्देश्य पुराना महिला खेलाडीहरूले फुटबल विकासमा गरेको योगदानको कदर र नयाँ खेलाडीहरूलाई फुटबल खेल प्रति हौसला प्रदान गर्दै प्रोत्साहित गर्नु रहेको बताउन् । उनले आउँदा दिनमा यस अक्षय कोषमा रकम थप गर्दै जाने समेत जानकारी गराइन् ।
दुई दशक देखि फुटबलमा सक्रिय उनी सहायक रेफ्री र रेफ्रि ईन्स्ट्रक्टर समेत रहिसकेकी छिन् ।