नेपाल पहिलो चरणबाट बाहीर

nepali photo editedदुइ दशक लामो समय उपाधि हिन यात्रा गरेको नेपालको बिश्वकप छनोट फुटबल चरणमा खराब प्रदर्शन पनि कायम रहेको छ । घरेलु भुमिमा मंगलबार भएको पहिलो चरणको दोस्रो लेग खेलमा भारंग गोलरहित बराबरी भए पछि नेपाल बाहीरिएको छ । यस अघि भारतमा भएको पहिलो लेगमा नेपाल शुन्यका विरुद्ध दुइ गोलले पराजित भएको थियो ।
मंगलबार भएको खेलमा मैदानमा नेपाली खेलाडीको प्रभाव रहे पनि क्लीनकल फीनीसिंगको अभाव प्रस्ट रहेको थियो । काठमाडौमा भएको दक्षिण एसियाली च्याम्पियनसीपमा पहिलो चरणमा भारतलाई पराजित गरेको नेपाल मंगलबार त्यसै लयमा भने थिएन ।

Comment