भारतसँग नेपालको लज्जास्पद हार
साफ यू–२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल पराजित भएको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा
सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतसँग ८–० गोलको हार बेहोरेको हो ।
भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे भने टाइसन सिंह, हिमांशु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहम्मद सुहिब, सुभो पाउलले एक–एक गोल गरे ।
पहिलो खेलमा मालदिभ्सलाई ४–० तथा दोस्रो खेलमा श्रीलङ्कालाई ३–० गोल अन्तरले हराएको नेपाल भारतसँग भने लज्जास्पद हार बेहोरेको हो ।
च्याम्पियनसिपमा सिङ्गल राउन्ड रोविनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमले फाइनल खेल्ने छन् । नेपालले अब अन्तिम खेल मंगलबार बङ्गलादेशसँग खेल्नेछ ।