सेभेन–ए–साइड फुटबल प्रतियोगितामा प्रिक्वाटरका खेल सम्पन्न

पोखरा
बिएनएस लेखनाथ–१ भण्डारढिक सैनिकवस्तीको आयोजना तथा आदर्श युवा क्लबको संयोजनमा प्रस्तावित रड्डशाला भण्डारढिकमा जारी प्रथम बिएनएस कप सेभेन–ए–साइड फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारदेखि प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन्।
बिहीबार भएको पहिलो खेलमा ड्रिम एफसीले एनजी एफसीलाई १–० ले हरायो। ड्रिम एफसीको जीतमा प्रवीन थापाले निर्णायक गोल गरेका थिए।दोस्रो खेलमा आयोजक बिएनएस क्लब ए ले साउथ पार्क एफसीलाई ३–० ले पाखा लगायो। बिएनएसको लागि भिसन गुरुङले दुई तथा बेलप्रसाद गुरुङले एक गोल गरेका थिए।
तेस्रो खेलमा मेरो नेपाल युवा क्लब मझेरीपाटनले एलजी एशोसिएसनलाई टाइब्रेकरमा ३–२ ले पन्छायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।चौथो खेलमा सनराइज युथ क्बले आयोजक बिएनएस क्लब सी लाई २–१ ले पराजित ग¥यो। सनराइजको तर्फबाट दुवै गोल निशान्त पुनले गरेका थिए भने बिएनएस सी को लागि मात्र एक गोल सुमन घलेले फर्काएका थिए।
शुक्रबार क्वाटरफाइनलका खेल हुने सन्तोष गुरुङले जानकारी दिए। जसअनुसार शिशुवा एफसी ए र। ड्रिम एफसीबीच बिहान नौ बजे पहिलो, ब्रदर एफसी र आयोजक बिएनएस क्लब ए बीच १० बजे दोस्रो, मेरो नेपाल युवा क्लब र एआईजी भद्रकालीबीच ११ बजे तेस्रो तथा योङस्टार क्लब र सनराइज युथ कलबबीच १२ बजे चौथो खेल हुनेछ।
प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद ५० हजार तथा उपविजेता टीमलाई नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यस्तै बेस्ट प्लयेर, बेस्ट गोलकिपर र हाइस्कोररलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Comment