प्राप्ति बतास सम्मानित
नेपाल राष्ट्रिय मुवाँ थाइ सङ्घको तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
भक्तपुरको नगरकोटस्थित रत्ना गिरि रिसोर्टमा आयोजित तेस्रो साधारण सभाका अवसरमा मलेसियामा गत महिना सम्पन्न यूथ गेम्समा पदक विजेता मुवाँथाई खेलाडी प्राप्ति बतासलाई सम्मान गरेको छ । सो प्रतिस्पर्धामा उनले ग्लाडस्लाममा रजत र यूथ गेम्समा कांस्य पदक विजेतालाई प्राप्तिलाई सम्मान गरिएको हो । उनलाई बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, बाग्मती खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र नेपाल राष्ट्रिय मुवाँ थाइ सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिले सम्मान पत्र र खादा लगाएर सम्मान गरे ।
उक्त साधारण सभाले प्रादेशिक संरचनाको खेलकुद नीति अवलम्बन गर्दै विभिन्न प्रदेशमा संयोजक तोकेको छ । मुवा थाई संघले प्रदेश–१ भूपेश शाक्य, मधेस प्रदेशमा सन्तोष घलान, बाग्मती प्रदेश मनीष लिभी र सदस्यमा राहुल मोक्तान, गण्डकी प्रदेशमा नीलिम अधिकारी, लुम्बिनी प्रदेशमा साजन माली, कर्णाली प्रदेशमा राजेश महर्जन र सुदूरपश्चिम प्रदेशमा उमेशकुमार खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा आगामी बाग्मती प्रदेशको खेलकुदमा मुवाँ थाई खेल पनि समावेश गर्ने बताए ।