एलजी एशोसिएसन र सत्य युवा क्लब पोखरामा जारी स्व. बलराम केसी स्मृति क्वाटरफाइनलमा

पोखरा
संगम एफसी, एलजी एशोसिएसन र सत्य युवा क्लब पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।शुक्रबार सम्पन्न चार खेलमा हालसम्मकै सबैभन्दा धेरै २७ गोल भएको छ।
शुक्रबार पोखरा रड्डशालामा भएको समूह ए को पहिलो खेलमा संगम एफसीले एपेक्स क्लबलाई १२–० को विशाल अन्तरले पराति ग¥यो। प्रतियोगिताकै सबैभन्दा ठूलो हारको अन्तर भएको सो खेलमा संगमका लागि विमल रानामगरले सात, राकेश गुरुङ, कुमार गुरुङले दुई–दुई तथा किरण थापाले एक गोलको योगदान दिएका थिए।जीतसँगै तीन अड्ढ जोडेको संगम छ अड्ढसहित समूह ए बाट उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो भने तीनै खेलमा पराजित हुँदा तीन गोल गर्दै २१ गोल खाएको एपेक्स भने लिगचरणबाटै बाहिरियो।
विष्णुपादुका क्लब र शीतलज्योति क्लबबीचको दोस्रो खेल भने एक–एक गोलको बराबरीमा टुड्डियो। विष्णपादुकाको लागि विशाल थापा तथा शीतलज्योतिका लागि समीर रायमाझीले एक–एक गोल गरेका थिए। बराबरीसँगै एक अड्ढ जोडेको विष्णुपादुका सात अड्ढसहित समूह ए को विजेता बन्यो। तीन खेलमा छ गोल गर्दै छ गोल नै खाएको शीतलज्योति भने चार अड्ढ जोड्दै लिगचरणबटै बाहिरिएको छ।सो खेलमा विष्णपादुकाका सुरज थापा र अशोक नेपाली तथा शीतलज्योतिका सूर्य लम्सालले एलोकार्ड पाएका थिए।
तेस्रो खेलमा समूह बी को एलजी एशोसिएसनले डेभिडफल क्लबलाई ८–० ले पाखा लगायो। एलजीको जीतमा सुलेमान थापाले ह्याट्रिक गरे। यस्तै सिद्धार्थ रञ्जित र विश्व गुरुङले दुई–दुई तथा खगेन पुनले एक गोल गरेका थिए।तीन खेलमा शतप्रतिशत जीत निकालेको एलजीले नौ अड्ढसहित समूह विजेताको रूपमा क्वाटरफाइनलमा स्थान बनायो। तीन खेल गुमाएको डेभिडफल भने २१ गोल खाँदा मात्र चार गोल फर्काएको डेभिडफल पनि लिगचरणबाटै बाहिरियो।
चौथो खेलमा सोही समूहको सत्य युवा क्लब बाभापाटनले आदर्श युवा क्लब भण्डारढिकलाई ४–१ ले हरायो। सत्यको जीतमा चौ गोल नरेश केसीले गरेका थिए।आदर्शको लागि भिसन गुरुङले सान्त्वना गोल गरेका थिए। दुईमा जीत तथा एकमा हार बेहोरेको सत्य छ अड्ढ जोड्दै समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गर्न सफल भयो। एक खेलमा जीत तथा दुई खेलमा हार खेपेको आदर्श युवा क्लब भने नौ गोल गर्दै १४ गोल खाँदै मात्र तीन अड्ढसहित लिगचरणबाटै बाहिरिने पाँचौं टीम बन्न पुग्यो। सो खेलमा सत्यका सुशील लामाले एलोकार्ड पाएका थिए।
जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना तथा कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा पोखरामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत शनिबार लिगचरणका अन्तिम खेल हुनेछन्। जसअनुसार समूह डी को गार्डेन एफसी र सहारा क्लबबीच बिहान साढे सात बजे पहिलो तथा सोही समूहकै इन्द्रेणी क्लब र नयाँगाउँ युथ क्लबबीच बिहान नौ बजे दोस्रो खेल हुने कास्की जिल्ला फुटबल सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए।
चैत १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटबल सङ्घको मातहतमा रहेका १५ क्लबको सहभागिता रहेको छ।

Comment