विप्लक राष्ट्रिय च्याम्पियन

racemandu
विप्लक श्रेष्ठले रेसमान्डुको तेश्रो शृंखला अन्तर्गत राष्ट्रिय बाइकर्स च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । सन्तोष श्रेष्ठ दोश्रो तथा विवेश श्रेष्ठले तेश्रो स्थान हात पारे ।
विप्लकले क्याटोगरी ‘ए’अन्तर्गत २ सय सीसीसम्मको प्रतिस्पर्धा पनि पहिलो स्थान हात पारे । सन्तोष यो विधा पनि दोश्रोमै सीमित भए भने विशाल राईले तेश्रो स्थानमा चित्त बुझाए ।
तेश्रो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल पर्वतीय खेलकुद महासंघको तत्वावधानमा नेपाल अटोमोबाइल खेलकुद संघ (नासा) द्वारा आयोजित रेसमान्डुको क्याटगोरी ‘बी’को २ सय ५० सीसीसम्म सेन विल्सन मोक्तान पहिलो, प्रवीण कार्की दोश्रो तथा नितेश खड्गी तेश्रो भए ।
सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा भएको महिला बाइकर्स च्याम्पियनसिपमा दीप श्रेष्ठ पहिलो, रोजी गुरुङ दोश्रो तथा वर्षा बस्नेत तेश्रो भए ।
कूल पुरस्कार राशी २ लाख ४० हजार रुपैयाँ रहेको थियो । चारै स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजारका दरले नगद पुरस्कार हात पारे ।

Comment