समृद्धिमा गोजुरियो कराते
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/02/420871232_1543672096454016_8250522243421463227_n-768x512.jpg?resize=720%2C480&ssl=1)
समृद्धि अन्तर विद्यालय राष्ट्रिय गोजुरियो कराते च्याम्पियनसिप शुक्रवार समृद्धि स्कुल, स्वयम्भूमा सम्पन्न भयो । एक दिने प्रतियोगिताको प्रमुख अतिथि बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उद्घाटन गरे ।
कार्यक्रममा विशेष अतिथिको रुमपा इप्पानका अध्यक्ष तथा नेपालका लागि माउरीससका अबैतानीक वाणिज्य दूत गणेश कार्कीको उपस्थिति थियो । यसै गरी, नेपाल कराते महासङ्घका महासचिव हरि शरण केसी तथा एसियाली गोजुरियो कराते महासङ्घका अध्यक्ष बलराम मित्रा लगायतको उपस्थिति थियो । यसरी गरी प्रहरी डिएसपी पूर्णिमा चन्दको पनि विशेष अतिथिको रूपमा कार्यक्रममा उपस्थिति थियो ।
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/02/426350920_823679546192932_8337441157368149658_n-768x512.jpg?resize=720%2C480&ssl=1)
नेपाल कराते महासङ्घका उपाध्यक्ष श्याम शेर्पा, काठमाडौं–१७ का प्रवक्ता नवीन मानन्धर काठमाडौँ–१५ का उडा अध्यक्ष ईश्वर मान डङ्गोल र बाग्मती प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हिक्मत थपलिया लगायतको उपस्थिति थियो ।
जापान गोजुरियो कराते डो केन्वोकाईका अध्यक्ष विदुर कुबँर, कराते प्रशिक्षक राकेश महर्जन र मधु लामा तथा एनआरएनएका राजु सिंह लगायतको उपस्थिति थियो ।
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/02/426351699_884850533387987_976179766334564395_n-768x512.jpg?resize=720%2C480&ssl=1)
प्रतियोगिताको पुरुष ३० किलो तौल समूहमा प्रज्वल गिरि पहिलो, निश्चल रौनियार दोस्रो तथा छेदुप लोप्चन र नीरज कार्की तेस्रो भए ।
६० किलो तौल समूहमा सक्षम भट्टराई पहिलो तथा कृपाल राना मगर दोस्रो भए । सो स्पर्धामा मिलन थापा । सुजित बलामी तेस्रो भए । ६० किलो भन्दा माथिको तौल समूहमा सङ्गम भुजेल पहिलो, सरोज रिसाल दोस्रो तथा राम शरण राई र आर्नभ आचार्य तेस्रो भए ।
![](https://i0.wp.com/kknews3.sgp1.cdn.digitaloceanspaces.com/wp-content/uploads/2024/02/426313233_782693083724765_6330531655491770275_n-768x513.jpg?resize=720%2C481&ssl=1)