झापा र थ्रीस्टारविच बराबरी

jumanu
राष्ट्रिय लिग फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा झापा ११ र थ्रीस्टार क्लब विच  गोल रहित बराबरी भयो । विराटनगरमा भएको खेलमा जुमनु राइले अन्तिम मिनेटमा गरेको गोलमा नेपाल पु्लिस क्लबले मोरङ ११ लाई १–० ले पराजित ग¥यो । बराबरी पछि झापा गोल अन्तरमा  मनांग मस्र्याङदी भन्दा पछि रहदै दोस्रो स्थानमा रहेको छ । मनाङ र झापा दुवैको १० अंक छ । मनांगले झापाले भन्दा एक खेल कम खेलेको छ । थ्रीस्टार आठ अंक सहित तेस्रो स्थानमा रहेको छ । पुलिस क्लब पाच खेलमा ६ अंक सहित छैटौ स्थानमा उक्लेको छ ।
बिविराटनगरको शहिद रंगशालामा भएको खेलमा जमुनुले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरे । जमुनु खेलको म्यान अफ द म्याच घोषित भए । पराजित मोरङ अंक तालीकाको पुछारमा रहेको छ । झापामा भएको खेलमा झापालाई जित बिमुख बनाउने क्रममा थ्रीस्टारका एलन न्यौपानेले सानदार बचाउ गरे । एलन म्यान अफ द म्याच घोषित भए । झापाका प्रशिक्षक भगीरथ आलेले टोलीको प्रदर्शनमा सन्तोष ब्यक्त गरे ।

Comment