कृतिसरा राष्ट्रिय खेलमा छनौट, पुरुषोत्तमको अग्रता


भक्तपुर सूर्य विनायक नगरपालिकामा सञ्चालन भइरहेको राष्ट्रिय बुद्धिचाल बी छनौट प्रतियोगिता उत्कृष्ट प्रदर्शन गरेकी कृतिसरा अधिकारी १९ जेठ १९ गते देखि काठमाडौँको ले हिमालयमा हुने राष्ट्रिय प्रतियोगिताका लागि महिला स्पर्धामा छनौट भएकी छिन् । उनले ६ चरणको खेलबाट ५ जित र १ मा बराबरी नतिजा निकाल्दै ५.५ अंकका साथ १ खेल अगावै छनौट हुन सफल भएकी छिन् ।
त्यस्तै गरी ५ अंक बनाएकी पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, ४ अंक बनाएका पोखराकी पूजा भण्डारी र काठमाडौँकी युवा रिया श्रेष्ठ पनि निश्चित छनौटमा गरेका छन् । कूल ९ जना छनौट हुने महिला खेलाडीहरूमा विनीता कपाली, रुपन्देहीकी नमन सेढाई र झापाकी पुनम प्रसाईँ ३.५ अंक जोडेर छनोटको नजिक पुगेका छन् । ३ अंक हुनेमा भक्तपुरका अन्सु दिल प्रजापती , प्रश्ना किबानायो र चितवनकी लक्ष्मी कँडेललाई भोलि हुने अन्तिम खेल जित्नै पर्ने दबाब रहेको छ ।
नेपाल बुद्धिचाल महासंघको क्यालेन्डर राष्ट्रिय छनौट नेसनल बी प्रतियोगितामा काठमाडौँका युवा तथा उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले शानदार प्रदर्शन गरेका छन् । उनले ६ चरणको खेलबाट ५.५ अंक हासिल गर्दै खुल्ला तर्फ एकल अग्रता कायम गरेका छन् ।
भक्तपुर जिल्ला बुद्धिचाल संघको स्थानीय व्यवस्थापन एवं सह आयोजनामा चलिरहेको पुरुष समूह तर्फ दोलखाका राजीव कार्की, झापाका प्रकाशचन्द्र नेपाल, कोसी प्रदेश च्याम्पियन एआईएम सुश्रुत दाहाल र लोक सागर साम्भाको ४ दशमलव ५ अंक छ । काभ्रेका सिएम मिलन लामा, रौतहटका सुशील चौधरी, काठमाडौँका प्रेमकृष्ण महर्जन, झापाका राजन सुवेदी र झापाकै भूपेन्द्र निरौला ४.५ अंक संकलन गर्न सफल भएका छन् । खुल्ला तर्फ ९ चरणको खेल पश्चात् छनौट हुने ९ जना खेलाडीहरूको निर्णय हुनेछ ।

Comment