एनएमजिसीमा सुदीप अध्यक्ष र रूपसिंह महासचिवमा सर्वसम्मत

नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजिसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिवार चयन गरेको छ ।

चाबहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिंह तामाङसहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । महासचिव रूपसिंह आइटिएफका खेलाडी हुँदै पूर्वपदाधिकारी पनि हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आफूलाई स्थापित गर्दै आइरहेका छन् । रूपसिंहको अग्रसरतामा रामेछापको खाँडादेवीमा नेपालकै पहिलो सुविधा सम्पन्न आइटिएफ एकेडेमी हल निर्माण भएको छ । सोही स्थानमा उनले तेक्वान्दोका संस्थापक स्वर्गीय जेनेरल चोइ होङ हिको पूर्ण कदको सालिकसमेत बनाएका छन् । उनै रूपसिंह तेस्रो महाधिवेशनमा सर्वसम्मत पनि भए ।

महाधिवेशनमा २३ राष्ट्रिय सङ्घहरूको सहभागिता रहेको थियो । यही सङ्घहरूको छाता सङ्गठन नै एनएमजिसी हो । महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालबहादुर जिसी, उपाध्यक्ष त्रयमा अन्जु रावत, उपाध्यक्षमा एनिप महर्जन र केशव डङ्गोललाई निर्विरोध चयन ग¥यो । उपाध्यक्ष अन्जु आइटिएफकै सफल खेलाडीका साथै अन्तर्राष्ट्रिय प्रशिक्षक र निर्णायक हुन् । सचिवमा कृष्णगोपाल राजथला र कोषाध्यक्षमा तुलसी थापामगर सर्वसम्मत चयन भए ।

तुलसी आइटिएफ र मुवाँथाईकी खेलाडी हुन् । सदस्यहरूमा कृष्णबहादुर रावत, जनकराज गौतम, सानु कान्छा श्रेष्ठ, कमल मगर र सीताराम दराई चयन भए । 

सोही निर्वाचित कार्यसमितिको पहिलो बैठकले तीन पदाधिकारीसहित १० जना मनोनीत पनि गरेको छ । उपाध्यक्षमा होमबहादुर सुनुवार, राजेन्द्र लामा र सचिवमा आशिष कार्की मनोनीत भए । सदस्यमा तेजबहादुर सिंह, सपूत मोक्तान, धनराज तामाङ, बाबुराम तामाङ, सुशान पुन, नकुल राई र राजन पन्थ मनोनीत भएका छन् । यससँगै कार्यसमिति २३ सदस्यीय बनेको छ ।

त्यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले महाधिवेशनको उद्घाटन गरेका थिए । सो अवसरमा, गोकर्णेश्वर नगरपालिका प्रमुख दीपककुमार रिसाल, राखेपका सदस्य अञ्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घका संस्थापक वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र संस्थापक उपाध्यक्ष निरण खड्कालगायतको उपस्थिति रहेको थियो ।

Comment