पौडीको लेटर प्याडको दुरुपयोग गर्दै बज्राचार्य

लामो समय नेपाली नेतृत्व गरेर सो खेलको विकास अवरोध बनेका अशोक रत्न बज्राचार्यको हरकत त्यत्तिमा सीमित छैन । आफै उपस्थित भएर भएको अधिवेशनमा आफैले पद हस्तान्तरण गरी सकेका बज्राचार्यले आफू अध्यक्ष भन्दै पत्राचार गरे पनि अध्यक्ष जगत मान श्रेष्ठले यसको विरुद्धमा विज्ञप्ति जारी गरेका छन् । 

८ बेशाखामा दिन बज्राचार्य ,राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठ उपस्थित थिए । राष्ट्रिय खेलकुद परिषद्का खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेल र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि रमेश सिवाकोटीको उपस्थितिमा भएको निर्वाचनले जगतमान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको थियो । निर्वाचनको परिणाम आफू अनुकूल नआएका कारण बज्राचार्यले लेटर प्याडको दुरुपयोग गर्दै अन्तर्राष्ट्रिय पत्राचार गर्ने गरेको कारण यसमा आपत्ति जनाउँदै सङ्घ अध्यक्ष श्रेष्ठले विज्ञप्ति जारी गरेका हुन् । 

Comment