चेल्सी र लिभरपुलको सङ्घर्ष

प्रिमियर लिगमै १४ पहेँलो कार्डको कीर्तिमान बनेको क्रिस्टोफर एन्कुन्कुले गरेको गोलमा चेल्सीले एएफसी बोर्नमाउथलाई १–० ले हराएको छ । बोर्नमाउथले लगातार चेल्सीलाई दबाब दिएको खेलमा मार्कस टाउरनियर र रायन चिस्टेको प्रहार गोल पोस्टमा लागेको थियो । यस अघि क्लबको कीर्तिमानी रकममा टोलीमा आबद्ध एभालिन्सनको पेनाल्टी प्रहार रोबर्टो साँचेजले बचाए पनि पहिलो हाफमा नै घरेलु टोली बोर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । 

खेलमा तनाव बढ्दै गए पछि म्याच रेफ्री एन्थोनी टेलरले पहेँलो कार्डको वर्षा नै गरेका थिए । यस भन्दा अघि बढी पहेँलो कार्डको कीर्तिमान टोटनहाम हस्टस्पर्स र सेफिल्ड युनाइटेड बिच सन् २०२३ को सेप्टेम्बरमा भएको खेलमा भएको थियो । सो खेलमा १३ पहेँलो कार्ड देखाइएको थियो । सातौँ स्थानमा रहेको चेल्सीले अर्को खेल एक साता पछि वेस्ट हामसँग खेल्ने छ । त्यसको एक दिन पछि बोर्नसमाउथले लिभरपुलसँग खेल्ने छ ।

प्रिमियर लिगमै नटिङघम फरेस्टले अपराजित यात्रालाई कायम राखेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा कालुम हडसन ओडाईको निर्णायक गोलमा फरेस्टले लिभरपुललाई १–० ले हराएको हो । वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ओडाईले फार बटम कर्नरमा प्रहार गरेको बल लिभरपुलका गोल रक्षक एलिसनले रोक्न सकेनन् । सन् १९६९ पछि कुनै पनि प्रतियोगितामा नटिङघमको लिभरपुल माथि जीत हो । 

अर्को खेलमा एर्लीङ हलान्डले २ गोल गरे पछि इङ्लिस प्रिमियर सिपको खेलमा केभिन म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ । २३ सेकेन्डमा पहिलो गोल खाएको म्यानचेस्टर। सिटी खेलमा फर्कँदै नतिजा आफ्नो पक्षमा पारेको हो । 

योना विसाले यस सिजनकै छिटो गोल गरे । उनले खोली पोस्टमा सो अवसर पाएका थिए । केभिन डु ब्रायनलाई ब्रेन्टफोर्डको बक्समा लडाइए पछि पाएको अवसरलाई हलान्डले १९ औ मिनेटमा गोलमा परिणत गरेका थिए । उनले ३२ औ मिनेटमा एनन पिककको पासमा हलान्डले अर्को गोल गरे । हलान्डले अन्य केही अवसर गुमाए । सो सँगै उनी सन् १९४६ पछि लगातार ३ ह्याट्रिक गर्ने पहिलो खेलाडीको रूपमा कीर्तिमान कायम गर्न चुके । 

शनिवार भएको खेलमा अस्टन भिल्लाले एभरटनलाई ३–२ ले हरायो । वैकल्पिक खेलाडी जोन डुरानले बेन्चबाट आएर ७६ औ मिनेटमा गरेको गोलमा अस्टन भिल्ला लगातार दोस्रो खेलमा २–० ले पछि परेर पनि खेलमा जीत हात पार्न सफल भएको हो । म्याक नेलले १६ ओ तथा कल्भर्ट लेविनले २७ औ मिनेटमा गोल गर्दै एभरटनलाई २ गोलको अग्रता दिलाएका थिए । वाटकिन्सले ३६ औ तथा ५८ औ मिनेटमा गोल गर्दै अस्टन भिल्लालाई खेलमा फर्काएका थिए । 

शक्तिशाली टोलीले सङ्घर्ष गरी रहेको समयमा म्यानचेस्टर युनाइटेडले भने सहज जीत हात पारेको छ । युनाइटेडले साउथहाम्टनलाई ३–० ले हराएको हो । म्यानचेस्टरका लागि डी लिग्ट,रासफोर्ड र गानाचोले गोल गरे । 

ब्रिङटन र इप्सविच टाउन बिचको खेलमा बराबरी भएको छ । क्रिस्टल प्यालेस र लिचेस्टर सिटीको खेलमा २–२ गोलको बराबरी भयो । फुलहाम र वेस्टहाम युनाइटेड बिचको खेलमा पनि १–१ गोलको बराबरी भयो । 

Comment