नोभेम्बरमा जुनियर टेनिस हुने

होस्टल मिस्टिक माउन्टेन ग्रान्ड ओपन जुनियर टेनिस प्रतियोगिता आयोजन हुने भएको छ । बाग्मती प्रदेश टेनिस सङ्घ र होटेल मिस्टिकको बिचमा भएको सम्झौता अनुसार प्रत्येक वर्ष ९ देखि १६ नोभेम्बरमा प्रतियोगिता सञ्चालन हुने छ । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ का खेलहरू हुने छन् । सबै उमेर समूहमा ब्वाइज र र्गल्स एकलका साथै ओपन युगलका खेल हुने छ । 

नेपालको फराकिलो हार

लामो अभ्यासपछि प्रतिस्पर्धामा उत्रिएका नेपाली ब्याट्सम्यानले  सोमबार राति खराब प्रदर्शन गरे पछि आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल क्यानडासँग १०३ रनले पराजित भयो । पाँचौँ खेल खेल्दा नेपालको खातामा मात्रै २ अङ्क छ । ८ टोली रहेको लिग २ मा नेपाल २ खेल कम खेलेको युएईभन्दा मात्रै एक स्थानमाथि सातौँ स्थानमा छ । ३ खेल खेलेको युएई अङ्कविहीन छ । 

यसअघि घरेलु मैदानमा नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गर्दै नेपालले २ अङ्क जोडेको थियो । त्यसबाहेक सबै खेलमा पराजित भएको हो । कीर्तिपुर मैदानमै नेपाल नामिबियासँग दुवै खेलमा पराजित हुँदा नेदरल्यान्ड्ससँग १मा जित र अर्कोमा हार व्यहोरेको थियो । 

क्यानडाले दिएको २५४ रनको चुनौतीपूर्ण लक्ष्यको नजिक पुग्न नेपाल ४० ओभर १ बलमा १५० रनमा सीमित भयो । कप्तान रोहित पौडेलले बलिङ र ब्याटिङ दुवैमा राम्रो गर्न सकेनन्। ५ ओभर बलिङ गरेका रोहितले ४३ रन खर्चिँदा मात्रै १ विकेट हात पारे । उनले अरू बलरभन्दा निकै बढी रन खर्चिए । 

अलराउन्डर प्रदर्शनमा विश्व वरीयतामै गनिएका दीपेन्द्र सिंह ऐरीको पनि प्रदर्शन खराब देखियो । ५ ओभर बलिङ गर्दा ३३ रन खर्चिएर विकेटविहीन भएका दीपेन्द्र ब्याटिङमा पनि चल्न सकेनन् । १० बल खेलेका उनी ८ रन बनाउँदै क्याच आउट भए।

ओपनिङबाटै नेपाली ब्याटको पतन सुरु भयो। कुशल भुर्तेल १० बलको सामना गर्दा एक रनमै एलबीडब्ल्यु धरापमा परे । भीम सार्कीले १८ तथा आसिफ सेखले २० रन जोडे । नेपालका लागि सन्दीपले दोस्रो बढी रन बनाउने क्रममा २२ रनको योगदान गरे । उनले १६ बलको मात्रै सामना गर्दा दुई छक्का र एक चौका प्रहार गरे । नेपालका लागि करण केसीले सर्वाधिक २७ रन जोडे । नेपाली ब्याट्सम्यानका लागि क्यानडाका डिलोन हेलिगर घातक साबित भए । 

पूरै १० ओभर बलिङ गरेका हेलिगरले ३१ रन मात्रै खर्चिएर ५ विकेट हात पारे। दुवै ओपनर कुशल र आसिफलाई आउट गरेका उनले कप्तान रोहितलाई पनि टिक्न दिएनन् । धरापमा परिसकेको इनिङ्स उकास्ने प्रयास गरिरहेका सन्दीप र गुल्सन पनि उनकै बलमा आउट भए । 

सो प्रतियोगिताले नेपाली यूथ टेनिसमा धेरै सहयोग पुग्ने बाग्मती प्रदेश टेनिस सङ्घका अध्यक्ष मनोज समसेर जबराले बताए । 

Comment