च्याम्पियन्स लिगमा बार्सिलोनाको हार

नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल गरे पछि मोनाकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई २–१ले हराएको छ । बिहीबार मोनाकोको घरेलु रङ्गशालामा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका १८ वर्षीय उनले ७१ औ मिनेटमा भान्डरसनले टाढाबाट दिएको बललाई नियन्त्रणमा लिँदै विपक्षी गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनलाई पार गरे । 

सो खेलको १० औ मिनेटमा टेर स्टेगनको कमजोर पासका कारण आएको दबाब रोक्न इरिक गार्सियाले ताकिमु मिनामिनोलाई फल गरे पछि उनलाई सिधै रेड कार्ड देखाइएको थियो । १६ औ मिनेटमा म्याग्नेस अली आउचको गोलमा मोनाकोले अग्रता लिएको थियो । बार्सिलोनाका युवा स्ट्राइकर लामिन यमालले २८ औ मिनेटमा बराबरी गोल गरेका थिए  । 

अर्को खेलमा डेभिड रायाले पेनाल्टीलाई शानदार ढङ्गले बचाए पछि आर्सनलले एटलान्टासँग गोल रहित बराबरी गरेको छ । ५१ ओ मिनेटमा मेटाओ रेडेगुइको प्रहारलाई रायाले दायाँ तर्फ डाइभ गर्दै बचाएका थिए । रिबाउन्ड बल रेडेगुइले अर्को तर्फ हेड गरे पछि पनि रायाले यसलाई रोक्न भ्याएका थिए । 

यसै नाटकीय दृश्यसँग एटलान्टामा भएको खेल पनि गोल रहित बराबरीमा सकिएको थियो । थोमस परेटीले डिफेन्सिभ मिडफिल्डर एडरसनलाई बायाँ साइडमा लडाए पछि आर्सनलले पेनाल्टी एटलान्टाले पेनाल्टीलाई पाएको थियो । 

प्रतियोगितामा दुई जर्मन क्लबले फराकिलो जित सहित सुरुवात गरी सके पछि अर्को जर्मन क्लबले पनि सोही ढङ्गले प्रतियोगिताको सुरुवात गरेको छ । बिहीबार राती वायर लिभुरकुसेनले फियुनार्डको आतिथ्य स्वीकार गर्दै नेदरल्यान्ड्समा ४–० को जित हात पारेको छ । फरेलारेन्स रिट्जले वायर लिभरकुसेनका तर्फबाट च्याम्पियन्स लिगको डेब्यु खेलमा २ गोल गरे । 

रिट्जले २० यार्डबाट तल्लो कर्नरमा प्रहार गरेको बल गोलमा परिणत भए पछि जर्मन क्लबले पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो । ३० औ मिनेटमा जेरेमी फ्रिमपङको पासमा एलेक्स ग्रिलमाडोले दोस्रो गोल गरे । ३६ औ मिनेटमा उनै फ्रिमपङको पासमा २१ वर्षीय जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी रिट्जले टोलीका लागि तेस्रो गोल गरे । मध्यान्तर अघि नै एडमन्ड टपसोभाको प्रहारलाई नियन्त्रणमा लिन खोज्दा घरेलु टोलीका गोलरक्षक टिमोन अकोए वेलन रथरले आफ्नै पोस्टमा छिराएका थिए । दोस्रो हाफमा भने९० ओ मिटमा  कुनै गोल भएन । 

९० औ मिनेटमा निर्णायक गोल 

अर्को खेलमा ९० औ मिनेटमा विजयी गोल गर्दै एट्लेटिको म्याड्रिडले आरपी लेइपजिगलाई २–१ ले हराएको छ । चौथो  मिनेटमा बेन्जामिन सेसेकोले भ्रमणकारी जर्मन क्लब लेइपजिगलाई अग्रता दिलाएका थिए । एट्लेटिकोका लागि २८ औ मिनेटमा एन्टेनियो ग्रिजम्यानले बराबरी गोल गरे । सो गोल उनको प्रतियोगिताको ३७ औ गोल हो । अन्तिम समयमा उनले नाटकीय खेलको अन्त्य गर्ने क्रममा गोलको अवसर सृजना गरेका थिए । उनकै पासमा जोसे मारिया गिमिनेजले हेड गोल गरे । 

बेनफिकाको सफलता 

अर्को खेलमा बेनफिकाले रेडस्टार बेलग्रेसँगको अवे खेलमा २–१ को जीत हात पारेको छ । सो खेलको नवौँ मिनेटमा टर्कीका फरवार्ड करेम एक्टुरकोग्लुले पहिलो युरोपेली खेललाई नै सार्थक बनाउने क्रममा बेनफिकालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले अलेक्जेन्डर बाहको पासलाई उपयोग गरेका थिए । ओर्कुन कोक्रुले २९ औ मिनेटमा २५ यार्डबाट प्रहार गरेको घुमाउरो फ्रिकिक गोलमा परिणत भए पनि मध्यान्तर अघि नै बेनफिकाले २ गोलको अग्रता लिएको थियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा रेड स्टारका लागि फलिसियो मेन्सनले गोल गरे । पोर्चुगलका टोली बेनफिकाले पछिल्लो ८ च्याम्पियन्स लिग सहभागितामा पहिलो खेलमा नै जीत हात पारेको यो दोस्रो पटक हो । 

ब्रेस्टको पहिलो जित

फ्रान्सेली क्लब मोनाकोले सनसनी फैलाएको राती नै अर्को फ्रान्सेली क्लब ब्रेस्टले च्याम्पियन्स लिगको इतिहासमै पहिलो जित हात पारेको छ । ह्गो माग्नेटी र अब्दुल्ला सिमाको गोलमा ब्रेस्टले स्टुआर्म ग्रुजलाई २–१ ले हराएको हो । २३ औ मिनेटमा माग्नेटीले ब्रेस्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा एडिमिल्सन फर्नान्डेजले आफ्नै पोस्टमा बल छिराए पछि अस्ट्रियाली टोली ग्रुजका खेलाडीले खुसी मनाउने अवसर पाएका थिए । ५६ औ मिनेटमा सिमाले गोल गर्दै फ्रान्सेली क्लबका लागि बिहीबारको रातलाई ऐतिहासिक बनाए । 

२० वर्ष अघि एमच्योर तहमा खेली रहेको ब्रेस्ट गत सिजनमा घरेलु लिगमा तेस्रो हुँदै पहिलो पटक च्याम्पियन्स लिग खेलेको हो । ग्रुजले पनि सन् २०००–००२१ पछि पहिलो पटक च्याम्पियन्स लिगमा सहभागिता जनाएको हो । सो टोली डिमिट्री लाभेलाले ८९ ओ मिनेटमा  दोस्रो पहेँलो कार्ड सहित रातो कार्ड पाए पछि १० खेलाडीमा सीमित भएको थियो । 

Comment