बाग्मतीलाई आइडब्लूएफएनको उपाधि

दोस्रो आइडब्लूएफएन कराते राष्ट्रिय च्याम्पियनसिपको उपाधि बाग्मती प्रदेशले जितेको छ । कोसी प्रदेश दोस्रो तथा तेस्रो गण्डकी प्रदेश भए । महिला तर्फ आरती घिसिङ तथा पुरुष तर्फ भीष्मराज लिम्बू उत्कृष्ट खेलाडी घोषित भए । 

विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथि बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा, ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँल र बाग्मती प्रदेशका सभासद् लक्ष्मण लम्साल र उर्मिला लामा लगायतले पुरस्कार वितरण गरे । 

राखेपका पूर्व बोर्ड सदस्य तथा नेपाल कराते महासङ्घका पूर्व अध्यक्ष पुरेन्द्र विक्रम लाखे तथा करातेका पूर्व रेफ्रि काउन्सिल प्रमुख बिसन मोतेले पनि पुरस्कार वितरण गरे । 

प्रतियोगिताले नेपाली कराते विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आइडब्ल्एफएनका मुख्य प्रशिक्षक बुद्धराज नेगीले बताए । 

Comment