एसिया रग्बीका अध्यक्ष कायस नेपाल आउँदै


नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ का लागि एसिया रग्बी का अध्यक्ष कायस अल धलाई नेपाल आउदै छन । उनी प्रतियोगिता उद्घाटन तथा समापन मा सहभागी हुन फ्लाई दुबइ मार्फत १८ गते बिहान नेपाल आइपुनेछ्न सो प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते नेपालमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। प्रतियाेगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।
नेपालमा एसियाली स्तरको सिनियर रग्वी प्रतियोगिता हुन लागेको यो पहिलो पटक हो । यस प्रतियाेगिताकाेलागि नेपालले पछिल्लाे ३ महिना देखि पाेखरामा गरिरहेकाे छ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफी सहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कास्य पदक प्राप्त गर्नेछन् ।
यस प्रतियोगिता २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजको छनोटको रुपमा समेत रहनेछ । काठमाडौंमा हुने एसिया रग्वी सेभेन्स ट्रफीको महिला र पुरुषतर्फको विजेताले २०२५ मा हुने एसिया रग्वी सेभेन्स सिरिजमा स्थान बनाउनेछन् । जसले गर्दा यो प्रतियोगिता अझ बढी प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएकाे छ ।
नेपाली टिमले सन २०१५ को प्री ओलम्पिक क्वालिफायर र सन् २०१६ देखि एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुँदै आएको छ । गत वर्ष कतारमा सम्पन्न भएको प्रतियोगितामा नेपालको पुरुष टोलीले साउदी अरेबिया र कीर्गिस्तानलाई हराएको थियो । नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएपछि सन् २०२२ मा बंगलादेशमा बंगबन्धु कप खेल्दै रग्बी फिफ्टिन्समा पनि डेब्यु गरेको थियो।
रग्बी प्रतियोगिता दशरथ र‌ंगशालामा नै आयोजना गर्न सरकारले स्वीकृति दिइसकेको रग्बी संघले जानकारी दिएको छ । नेपालले यो प्रतियोगिताबाट आफ्नो वरियता सुधार संगै बल च्याम्पियन को लक्ष्य राखेको छ ।
कार्यक्रमकाे उद्घाटन सम्भवत अमेरिकाबाट फर्किएलग्तै प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी रहेकाे रग्वी संघले जनाएकाे छ।

Comment