विदेश मोहले धुमिल हुँदै नेपाली ब्याडमिन्टनको छवि

अस्ट्रेलियामा जारी रकेटो सिड्नी इन्टरनेसनल २०२४ ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहालले राउन्ड ६४ को खेलमा  भारतका अभिषेक सैनीले सहजै हराएका छन् । सैनीले दाहाललाई २१–१६, २१–७ ले हराए । दोस्रो सेटमा दाहाल निरीह नै देखिएका थिए । 

लामो समय देखि विवादमा रहेको नेपाल ब्याडमिन्टन सङ्घ यस सवालमा पनि विवाद रहित भने भएन । राष्ट्रिय खेलकुद परिषद्बाट वैधानिकता नपाइसकेको संघले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी मात्र सहभागी गराउने होइन अनावश्यकको उपस्थिति पनि गराउने काम गरेको छ । 

संघले २ पुरुष र १ महिला खेलाडीका साथमा प्रशिक्षक संघले सिफारिस गरेको थियो । ४ पदाधिकारीलाई मेनेजरको रूपमा भिसा सिफारिस गरिनु भने आश्चर्यको विषय मानिएको छ । सिफारिस भएका ४ मध्येका २ जनालाई अस्ट्रेलियाली दूतावासले भिसा अस्वीकार गरेको थियो । यसरी सिफारिस हुनेमा बेनुप खत्री दाहाल, गीता शाही, तिलक पाण्डे र प्रकाश गौतम थिए । पाण्डे र गौतमको भिसा आवेदन दूतावासले अस्वीकार गरेको हो । 

यो घटनाले नेपाली ब्याडमिन्टनको छवि एकातर्फ थप धुमिल भएको छ भने अर्को तर्फ खेलाडीको प्रदर्शन पनि निराशाजनक देखिएको छ ।

Comment