कुमिन्सले च्याम्पियन्स ट्रफी गुमाउन सक्ने

कुहिनमा लागेको चोटका कारण अस्ट्रेलियाका क्रिकेट कप्तान प्याट कुमिन्सले अर्को महिना युएइ र पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी गुमाउन सक्ने सम्भावना देखिएको छ । उनले श्रीलङ्कासँग हुने दुई टेस्टको शृङ्खला भने गुमाउने पक्का भइसकेको छ । भारत विरुद्धको शृङ्खलाका ५ टेस्टमा उनले १५७ ओभर बलिङ गरे । सो क्रममा उनले २५ विकेट लिए । 

च्याम्पियन्स ट्रफीमा २२ फेब्रुअरीमा पहिलो खेल खेल्ने छ । श्रीलङ्कासँगको टेस्ट सकिए पछि च्याम्पियन्स ट्रफी अघि अस्ट्रेलियाले श्रीलङ्कासँग एउटा एक दिवसीय खेल खेल्ने छ । 

भारतमा सन् २०२३मा सम्पन्न विश्वकप क्रिकेटको उपाधि दिलाएका कप्तान कुमिन्सले त्यसपछि २ एक दिवसीय खेल मात्र खेलेका छन् । धेरै भार परेको भन्दै उनले खेलहरू छाडेका हुन् । यस क्रममा अस्ट्रेलियाले कप्तानको रूपमा धेरैलाई प्रयोग गरेको थियो । 

उनको अनुपस्थितिमा स्टेभन स्मिथ,मिचेल मार्स र जोस इङ्लिसले टोलीको नेतृत्व गरी सकेका छन् । छनोटकर्ताहरूले काँधको चोट बोकेका जोस हजेलउड भने च्याम्पियन्स ट्रफीमा फिर्ता हुने सम्भावना व्यक्त गरेका छन् । 

श्रीलङ्काको भ्रमणमा मिचेल स्टार्क, स्कट बोल्यान्ड र सियन एबट सहितको टोली जाने छ । यी मध्य एबटले त्यहीँबाट टेस्ट डेब्यु गर्ने सम्भावना पनि छ । 

तस्बिर ः क्रिकइन्फो

Comment