कुमिन्सकै नेतृत्वमा अस्ट्रेलियाको टोली
श्रीलङ्कासँग हुन लागेको खेलका लागि टोलीमा नअटाएको प्याट कुमिन्स र जोस हजेलउड आसन्न च्याम्पियन्स ट्रफी खेल्ने अस्ट्रेलियाली टोलीमा अटाएका छन् । दोस्रो सन्तानको जन्म भएका कारण बिदामा रहेका कुमिन्सको चोट समेत बल्झिए पछि च्याम्पियन्स ट्रफी गुमाउने अनुमान गरिएको थियो । उनको पाखुराको स्क्यानको रिपोर्ट आउन बाँकी छ । तथापि छनोटकर्ता उनको रिपोर्ट सही आउनेमा विश्वस्त छन् । हजेलउड पनि पुरा ठिक भइसकेका छैनन् । तथापि उनी अन्तिम समयसम्म ठिक भई सक्ने अनुमान गरिएको छ । अलराउण्डर एरियन हार्डी र म्याथ्यु सर्ट पनि टोलीमा अटाएका छन् ।
अस्ट्रेलियाका अधिकारीहरूले यसलाई सन्तुलित टोली भनेका छन् । गत वर्षको एक दिवसीय विश्वकपमा एक खेल खेले पछि खेल्न नपाएका एलेक्स क्यारी पनि टोलीमा फर्किएका छन् । फ्रन्टलाइन स्पिनर एडम जाम्पालाई सर्ट र ग्लेन म्याक्सवेलले साथ दिने छन् ।
ज्याक फ्रेजर म्याक गर्क र श्रीलंकासँगको खेलका लागि टोलीमा अटाएका कुपर पोन्ली पनि यस पटक टोलीमा छैनन् । पाकिस्तानमा च्याम्पियन्स ट्रफी खेल्न जानु अघि अस्ट्रेलियाले १३ फेब्रुअरीमा श्रीलङ्कासँग खेल्ने छ ।
च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले समूह चरणको पहिलो खेल २२ फेब्रुअरीमा इङ्गल्यान्डसँग खेल्ने छ । २५ फेब्रुअरीमा दक्षिण अफ्रिका तथा २८ फेब्रुअरीमा अफगानिस्तानसँग खेल हुने छ ।
कुमिन्सको नेतृत्वमा रहेको सो टोलीमा क्यारीको अलावा नाथन इलियस एरोन हार्डी, जोस हजेलउड, ट्रेभस हेड, जोस इङ्गलिस, मार्नस लाबुसाङ्गे, मिचेल मार्स र ग्लेन म्याक्सवेल छन् । यसै गरी, म्याथ्यु सर्ट, स्टेभन स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोनिस र एडम जाम्पा टोलीमा छन् ।