काव्यमा खेलकुद सप्ताह
Manoj Shiama
13 February, 2025 4:20 pm

आयोजक काव्य स्कुलले वार्षिक खेलकुद सप्ताहको आयोजना गरेको छ । सो सप्ताहमा १३ खेल समावेश गरिएका थिए । समावेश गरिएका खेलमा फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस ,टग अफ वार, चेस, पौडी, पिकलबल, कराँते, तेक्वान्दो, उसु र ट्र्याक एन्ड फिल्ड समावेश गरिएका थियो ।

कार्यक्रम विद्यालयकै प्राङ्गण बानेश्वरमा भएको थियो । सोही अवसरमा ‘रन फर एजुकेसन’ भन्ने नाराका साथ रोड रेस पनि आयोजना भएको थियो । सो कार्यक्रमको उद्घाटन विद्यालयका प्रधानाध्यापक नवराज बासकोटाले गरे । कार्यक्रममा प्रमुख अतिथिको रूपमा पारा ओलम्पिककी पदक विजेता पलेसा गोवर्धन प्रमुख अतिथिको रूपमा सहभागी थिइन् । साप्ताहिक खेलकुद सप्ताह ७ देखि १३ माघसम्म भएको थियो ।