नेपाल फाइनलमा प्रवेश 

Manoj Shiama
21 February, 2025 12:44 pm

इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत बिहीबार भएको खेलमा लेबनानविरुद्ध १–० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ । ४ देश सहभागी प्रतियोगितामाको फाइनलमा नेपालले म्यानमाको सामना गर्ने छ । नेपालका लागि खेलको पहिलो हाफको ४१ औँ मिनेटमा कर्नर किकपछि रिबाउन्ड भएको बललाई सदुपयोग गर्दै सावित्राले गोल गरिन् ।  

४ देश सहभागी प्रतियोगितामा नेपाल र म्यानमारले सुरुवाती दुवै खेलमा जित हात पारे भने किर्गिस्तान र लेबनानले पराजयको सामना गरे । फाइनल अघि नेपालले लिग चरणको अन्तिम खेल म्यानमारसँग नै खेल्ने छ ।