खल्ती र आइएमई पे टिकटिङ पार्टनर
Manoj Shiama
19 March, 2025 2:52 pm

यस सिजनको एनसेल एनएसएलको टिकटिङ पार्टनर खल्ती र आइएमइ पे रहने भएका छन् । तेस्रो संस्करण २९ मार्च देखि हुने सो फ्रेन्चाइजमा फुटबल समर्थकले डिजिटल वालेट, मोबाइल बैङ्किङ तथा अनलाइन पे मेन्ट मार्फत टिकट लिन सक्ने छन् ।
आइएमइ पे का प्रमुख कार्यकारी प्रवीण रेग्मीले एनएसएल र खल्तीसँगको सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । यसै गरी खल्तीका प्रमुख कार्यकारी अधिकृत विजय खड्काले पनि यो सहकार्यले उत्साहित भएको बताए ।